६ बैशाख २०८३, आइतबार | April 20, 2026

बुटवलमा थपिए १६ जना नयाँ कोरोना संक्रमित, उपमहानगरका ३ अधिकृतमा पनि कोरोना पुष्टि



बुटवल । आम सञ्चारमा बुटवलको कोरोना संक्रमणको सुचना प्रभावकारी रुपमा नआएपनि बुटवल उपमहानगरलाई कोरोना संक्रमणले घेराबन्दी गरिसकेको अवस्था देखिएको छ ।

उपमहानगरमा व्यवसायी, कर्मचारी, स्वास्थ्यकर्मी तथा ट्राभल हिस्ट्रि नै नभएका सर्वसाधारणमा पनि कोरोना संक्रमण देखिएको छ ।

बुटवल उपमहानगरमा राति १२ बजेपछि मात्र १६ जना नयाँ संक्रमित थपिएका छन् । प्रदेश जनस्वास्थ्य प्रयोगशालामा परीक्षण भएको पीसीआर रिपोर्टमा १६ जना संक्रमित थपिएको बुटवल उपमहानगरपालिकाका स्वास्थ्य बिभग प्रमुख कुन्दन कुमार सिंहले जानकारी दिए ।

पछिल्लो रिपोर्टसँगै उपमहागरमा कुन संक्रमितको संख्या ८० पुगेको छ । आईबार पुष्टि भएका थप संक्रमितमा ३ जना उपमहानगरका अधिकृतहरु भएको सिंहले बताए ।

शनिबार मात्र बुटवल उपमहानगरपालिकाको लेखा शाखामा कार्यरत एकजना अधिकृतमा पनि संक्रमण देखिएको थियो । संक्रमित अधिकृतको सम्पर्कमा रहेका कर्मचारी र जनप्रतिनिधिको पीसीआर परीक्षणबाट आईतबार ३ जना अन्य अधिकृतमा पनि संक्रमण पुष्टि भएको हो ।

उपमहानगरको एउटै वार्डमा १८ जना सम्म संक्रमित पुगेका छन् । बुटवल उपमहागरको ११ नम्बर वार्डमा आईतबार बिहान सम्म १८ जनालाई संक्रमण पुष्टि भईसकेको छ । बुटवलमा संक्रमण पुष्टि भएको २ देखि ३ दिनसम्म स्थानीयतहले त्यस्ता संक्रमितहरुलाई सम्पर्क नै नगरेका कारण संक्रमण बढेको आंकलन गरिएको छ ।

वार्ड नम्बर १ का एक जना संक्रमित संक्रमण पुष्टि भएको ४ दिन सम्म घरमै बसेको र ४ दिन पछि आईसोलेसन लैजान आएको नाम नबताउने एकजना संक्रमितले खबरकुरालाई बताए ।

आईतबार सम्ममा उपमहानगरभित्र सक्रिय संक्रमितको संख्या ५६ पुगेको छ। तीमध्ये ४० जना मात्रै उपचाररत छन्। लुम्बिनी प्रादेशिक अस्पताल र पछिल्लो समय निजी स्तरबाट खुलेको नेशनल प्याथ ल्यावमा पुष्टि भएका संक्रमितहरु सम्पर्कमा नै नआउने वा आइसोलेसनमा जान नमान्ने गरेको समेत पाईएको छ । अहिले पनि बुटवलमा ६ जना संक्रमित आईसोलेसनमा नगएर होम आईसोलेसनमा बसेका छन् ।

ट्राभल हिस्ट्री नदेखिएका संक्रमित सबैभन्दा धेरै बुटवल उपमहानगरपालिकाको वडा नं ११ मा छन्। वडा नं ११ जनामा १८ जना संक्रमित छन्।

बुटवलका १ देखि १५ नम्बर वडा सम्म समुदायस्तरमै संक्रमण फैलिएको उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख सिंहले जानकारी दिए ।

आईतबार पुष्टि भएका संक्रमितको वडा खुलिनसकेको उनले बताए । शनिबार सम्म वडा नं १० मा ८ जना, १३ मा ४ जना, १२ मा २ जना संक्रमित छन्। यस्तैगरी वडा नं १ देखि ७, ९ र १६ मा एक/एक जना संक्रमित छन् ।

उपमहानगरपालिकाले साउन २९ देखि भदौ ५ गतेसम्म लकडाउनको घोषणा गर्दै कन्ट्याक्ट ट्रेसिङ र समुदायस्तरमा पीसीआर परीक्षण गर्दै आएको छ ।

शनिबार नै बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालको आइसीयूमा उपचार गराइरहेका कोरोना संक्रमित कपिलवस्तु मायादेवी गाउँपालिकाका ४२ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको छ।

प्रकाशित मिति : ३२ श्रावण २०७७, आइतबार  ९ : १७ बजे

निवर्तमान कार्यबाहक सभापति खड्कासंग सभापति गगन थापाको भेटवार्ता

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पार्टीका नेता

बुटवलको भुवनेश्वरी मन्दिरमा भोलिदेखि श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ हुने

बुटवल । बुटवल उपमहानगरपालिका-४ भुवनेश्वरी मार्गस्थित श्री भुवनेश्वरी भगवती मन्दिरमा

खजुरा गोल्डकपको उपाधि नाईजेरियन जष्ट जोनलाई

खजुरा । बाँकेको खजुरामा सम्पन्न एमटी एरिना प्रथम खजुरा गोल्डकप

इक्यान रुपन्देहीद्वारा नयाँ वर्षको शुभकामना आदानप्रदान, व्यवसाय व्यवस्थित बनाउन जोड

बुटवल । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) रुपन्देहीले नयाँ वर्ष

विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउन सरकारले सुरक्षाकर्मी परिचालन गर्ने

काठमाडौं । सरकारले विश्वविद्यालय, क्याम्पस तथा अन्य शैक्षिक संस्थाबाट दलीय