४ पुस २०८२, शुक्रबार | December 20, 2025

बुटवल उपमहानगरपालिकाका सबै सेवा बन्द, उपमहानगरमा लकडाउन कडा पारिंदै



बुटवल । उपमहानगरपालिकामा ३ जना अधिकृत र १ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएसँगै उपमहानगरपालिकाले स्वास्थ्य, सरसफाई र दमकल सेवा बाहेक सबै सेवाहरु बन्द गरेको छ ।

शनिबार उपमहानगरका लेखा अधिकृतलाई संक्रमण देखिएकोमा आईतबार प्रशासन र सामाजिक विकास शाखा अधिकृतसहित थप १ जना कर्मचारीमा कोरोना पुष्टि भएपछि उपमहानगरका तोकिएका बाहेक सबै सेवा बन्द गरिएको हो ।

उपमहानगरपालिकामा सबैलाई प्रवेश निषेध गरिएको छ । अर्को सुचना जारी नभएसम्म स्वास्थ्य, दमकल र सरसफाई बाहेकका काम बन्द गरिएको उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत चक्रपाणी शर्माले बताए ।

शर्माका अनुसार उपमहानगरमा बैंक तथा वित्तीय संस्थाहरुमा बढी संक्रमण देखिएकाले आइतबार देखिनै लागु हुने गरि बैंक तथा वित्तीय संस्थाहरुलाई अनलाईन बाहेकका सबै सेवाहरु बन्द गर्न उपमहानगरपालिकाले अनुरोध गरेको छ ।

त्यस्ता कार्यालयका सेवा बन्द गराउन जिल्ला प्रशासन कार्यालयलाई आग्रह गरिएको प्रमुख प्रशासकिय अधिकृत शर्माले बताए ।

बुटवल उपमहानगरमा पछिल्लो २ दिनमा मात्र समुदाय स्तरमा ४० जनाको संख्यमा संक्रिय कोरोना संक्रमित थपिएका छन् ।

प्रकाशित मिति : ३२ श्रावण २०७७, आइतबार  १२ : ४७ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको