१२ श्रावण २०८१, शनिबार | July 27, 2024

नेकपा सचिवालय बैठक सोमबार बिहान बस्ने, कार्यदल गठनबारे भ्रमात्मक प्रचार गरिएको प्रवक्ता श्रेष्ठको गुनासो



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सोमबार बिहान बस्ने भएको छ ।

पार्टीभित्र लामो समयदेखि शिर्ष नेताहरुमा देखिँदै आएको अन्तरविरोध हल गर्न अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले कार्यदल बनाएपछि पार्टी सचिवालय बैठक बस्न लागेको हो ।

बैठक सोमबार बिहानका लागि बोलाइएको अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले बताए । बैठकले अध्यक्षद्वयको सहमतिमा गठन गरिएको कार्यदललाई बैधानिकता दिने बुझिएको छ ।

महासचिव विष्णु पौडेलको नेतृत्वमा बनेको ६ सदस्यीय कार्यदलमा जनार्दन शर्मा, शंकर पोखरेल, भीम रावल, पम्फा भुषाल र सुरेन्द्र पाण्डे रहेका छन् ।

कार्यदलले पार्टीभित्र अहिलेसम्म देखिएको विवादको जड खोतल्दै समाधानको लागि सुझाव दिने कार्यादेश पाएको छ ।

यसैबीच, प्रवक्ता नारायणकाजी श्रेष्ठले आइतबार दिउँसो सामाजिक सञ्जालमा आफनो धारणा राख्दै कार्यदल गठनका बारेमा भ्रमात्मक प्रचार गर्नु गलत भएको बताएका छन् ।

अध्यक्षद्वयको सहमतिमा गठन भएको कार्यदलप्रति वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले असन्तुष्टि जनाएको समाचार आइतबार कान्तिपुर दैनिकले प्रकाशित गरेको थियो ।

तर, प्रवक्ता श्रेष्ठले पार्टीभित्रको समस्या समाधान गर्न अध्यक्षद्वयले गठन गरेको कार्यदलले सकारात्मक सन्देश दिएको बताएका छन् ।

श्रेष्ठले लेखेका छन्, ‘हाम्रो पार्टीका २ अध्यक्षहरुद्वारा पार्टी भित्रका समस्याहरुको समाधान र संकटको निकासको निम्ति गृहकार्य गरी सुझाव पेश गर्न गठित कार्यदलले आफ्नो काम शुरु गरिसकेको छ । यसले यो सकारात्मक सन्देश दिसकेको छ कि हाम्रो पार्टी एकताको रक्षा सुनिश्चित भएको छ।‬

श्रेष्ठले यसअघि आफुले सार्वजनिक रुपमै पार्टीमा देखिएको संकटको निकासको सुत्र प्रस्तुत गरिसकेको बताउँदै ‘पार्टी एकताको रक्षा ,यथास्थितिमा गुणात्मक परिवर्तन र के क को निर्णय अनुसार महाधिवेशनको तयारी । पार्टी एकताको रक्षा ले हामी सबैलाई खुसी बनाएको’ जिकिर गरेका छन् ।

‪उनले भनेका छन्, ‘कार्यदलले तात्कालिन रुपमा कोभिड–१९ को नियन्त्रण, उपचार र अर्थतन्त्रको पुननिर्माण र अन्ततः राष्ट्रिय स्वाधीनताको रक्षा गर्दै समाजवाद उन्मुख सामाजिक –आर्थिक रुपान्तरण गर्न पार्टी र सरकार सञ्चालनमा के कसरी गुणात्मक परिवर्तन गर्ने भन्ने सुझाव प्रस्ताव पेश गर्नेछ ।’ ‬

कार्यदलको निस्कर्षलाई स्थयी कमिटीमा प्रस्तुत गरी खुला र विवेकपुर्ण छलफल गरी संस्थागन निर्णय गरिने श्रेष्ठले विश्वास लिएका छन् ।

उनले थप भनेका छन्, ‘तर एउटा कुरामा भने हामी सबै सचेत र गम्भीर बनौं ,पार्टी भित्र केही बिषयमा कुनै छलफल ,बहस र संघर्ष भयो कि पार्टी फुट्ने खतरा उत्पन्न भैहाल्नु उपयुक्त हुँदैन ।बरु पार्टी एकतालाई सुदृढ गर्न स्वस्थ वैचारिक राजनीतिक छलफल र बहसलाई प्रोत्साहित गरिनु पर्दछ ।’

प्रकाशित मिति : ३२ श्रावण २०७७, आइतबार  २ : ३५ बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान