५ चैत्र २०८१, मंगलबार | March 18, 2025

म्यानचेस्टर युनाइटेडलाई हराउँदै सेभिल्ला युरोपा लिगको फाइनलमा



एजेन्सी । युरोपियन उपाधि जित्ने इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडको सपना टुटेको छ ।

युरोपा लिग अन्तर्गत आइतबार राति भएको सेमिफाइनलमा म्यानचेस्टर युनाइटेड स्पेनिस क्लब सेभिल्लासँग पराजित भयो ।

सेभिल्लाले युनाइटेडलाई २–१ ले पराजित गरेको हो । ब्रुनो फेर्नान्डेसले नवौँ मिनेटमा पेनाल्टी मार्फत गरेको गोलबाट लिएको सुरुवाति अग्रता जोगाउन नसक्दा म्यानचेस्टर युनाइटेड पराजित भएको हो ।

२६ औँ मिनेटमा फेर्नान्डेज साएजले सेभिल्लाका लागि बराबरी गोल गरे ।

७८ औँ मिनेटमा लूक डी जोङ्गले गोल गरेर सेभिल्लालाई महत्वपूर्ण जित दिलाई युरोपा लिग फुटबलको फाइनलमा स्थान पक्का गरेको हो ।

सेभिल्ला छैटौँ पटक युइएफए कपरयुरोपा लिगको फाइनलमा प्रवेश गरेको हो ।

सेभिल्लाले उपाधिका लागि इन्टर मिलान र शाख्तर डोनेस्कबिचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित मिति : १ भदौ २०७७, सोमबार  ७ : ४९ बजे

छिटफुट घटनाबाहेक स्ववियु निर्वाचन सम्पन्न

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)का आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा

लिङ्देनले बहिस्कार गर्दा कमल थापाले दिए नवराज सुबेदी नेतृत्वको राजावादी आन्दोलनलाई मान्यता

काठमाडौं । कमल थापा नेतृत्वको राप्रपा नेपाल केन्द्रीय कार्यसम्पादन समिति

संविधान संशोधनअघि बृहत् समीक्षा गरौँः अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौँ सभा सम्पन्न

काठमाडौँ । प्रधानमन्त्री एवं पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका कुलपति केपी