१२ श्रावण २०८१, शनिबार | July 27, 2024

कोरोनाले ग्रामीण भारतमा विनाशलिला मच्याउन सक्ने, आधा जनसंख्या उच्च जोखिममा



भारतको ग्रामीण क्षेत्रमा साठी करोड भन्दा बढी मानिस बसोबास गर्छन् । जोसँग न त कोरोना भाइरसको परीक्षण गराउने पहुँच छ, न उ उपचार सुविधा नै प्राप्त गर्न सक्छन् ।

भारतीय अधिकारीहरु अब यी ६० करोड बढी नागरिकमा कोरोना संक्रमण फैलिन डरले तनाबमा रहेका छन् ।

नेशनल फेमिली हेल्थ सर्भे ४ को तथ्यांक अनुसार भारतको ग्रामीण बसोबास गर्ने २५ प्रतिशत जनतासँग मात्रै सार्वजनिक स्वास्थ्य सेवामा पहुँच छ ।

त्यसो त भारतमा वृद्धवृद्धाको ७० प्रतिशत संख्या गाउँमै रहेको छ । यो संख्याप्रति अहिले भारतीय अधिकारीहरु सबैभन्दा बढी चिन्तामा छन् ।
स्वास्थ्य सेवा प्राप्त नहुने कारण गाउँमा धेरै मानिस गम्भीर बिरामीको उपचार गराउन सक्दैनन् । यस्तो अवस्थामा माहामारीको उपचार समेत समयमा हुँदैन ।

भारतका वरिष्ठ महामारी रोग विशेषज्ञ जयप्रकाश मुलियितका अनुसार भारतको कमसेकम आधा जनसंख्यामा कोरोना संक्रमण फैलिन डर छ ।

द गार्जियनसँग कुरा गर्दै उनले भनेका छन् कि भारतको ग्रामीण क्षेत्रमा पहिल्यै कैयौं मानिस घातक रोगको शिकार भैरहेका छन्, जसले सामान्य उपचारसेवा समेत पाएका थिएनन् ।

मुलियित भन्छन्, ‘यो समुह एवं वृद्धवृद्धा कोरोना भाइरसको संक्रमणमा आउने खतरा निकै बढी छ । सीमित सेवा सुविधाको कारण परिवारले आफ्ना वृद्धवद्धा आमाबाबुलाई अस्पताल लैजान सक्दैनन् । उनीहरुलाई मर्नकै लागि छोडिदिन्छन् । यो ग्रामीण भारतको यथार्थता हो, जहाँ औषत आयु ६५ वर्ष मात्र रहेको छ । ’

मुलियितका अनुसार भारतका कैयौं जिल्ला दस हजार वर्ग किलोमीटर भन्दा पनि ठूलो क्षेत्रफलमा फैलिएका छन् । यस्तो क्षेत्रमा मानवीय त्रासदीको पुरै तस्विर कहिल्यै देखिँदैन या आयो भने पनि निकै ढिला गरी आउँछ ।

ग्रामीण क्षेत्रमा डर
सार्वजनिक स्वास्थ्य विशेषज्ञका अनुसार ग्रामीण भारतमा जुन ढंगले महामारी फैलिन्छ त्यो शहरको तुलनामा बिल्कुल फरक हुनेछ ।

शहरमा निश्चित रुपमा संक्रमण तिब्र गतिमा फैलिरहेको छ तर त्यहाँ डाक्टर एवं स्वास्थ्यकर्मीसँग महामारी विरुद्ध लड्न साधनस्रोत उपलब्ध छ । भारतमा ८० प्रतिशत डाक्टर र ६० प्रतिशत अस्पताल शहरमै रहेका छन् ।

२० करोड भन्दा बढी जनसंख्या भएको राज्य उत्तर प्रदेश एवं १० करोड भन्दा बढी जनसंख्या भएको बिहारमा अवस्था निकै खतरनाक हुनसक्छ । दुवै राज्यको सार्वजनिक स्वास्थ्य सेवा निकै चिन्ताजनक अवस्थामा रहेको छ ।

भारतमा सबैभन्दा धेरै गरिब राज्यमा एक रहेको बिहामा ३० प्रतिशतभन्दा बढी मानिस गरिबीको रेखामुनि रहेका छन् । बिहारको ९० प्रतिशत भन्दा बढी जनसंख्या गाउँमै बसोबास गर्छन् ।

२०१९ को नेशनल हेल्थ प्रोफाइलको तथ्यांकअनुसार बिहारमा हरेक १० हजार जनसंख्याका लागि सिर्फ एक बेड र चार डाक्टर उपलब्ध छन् । राज्यमा जब भाइरल, ज्वरो या डेंगु फैलिन्छ तब पनि स्वास्थ्य सेवाको हालत खराब बन्छ ।

उत्तर प्रदेश सरकारका अनुसार यस समय प्रदेशमा कोरोना संक्रमणका लागि १३५ अस्पताल रहेका छन् । सरकारले ठूलो संख्यामा परीक्षण गर्ने लक्ष्य राखेको छ, तर अहिलेसम्म पनि संक्रमणको पुरै तस्विर आइसकेको छैन । -बीबीसी

प्रकाशित मिति : १ भदौ २०७७, सोमबार  ९ : १७ बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान