१४ बैशाख २०८१, शुक्रबार | April 27, 2024

प्रचण्ड र ओलीले बनाएको कार्यदल सचिवालयबाट अनुमोदन, कार्यदलले आजैबाट कार्य थाल्ने



काठमाडौं । चरम चरम विवादबाट गुज्रिरहेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विवाद मत्थर गराउन  अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले गठन गरेको कार्यदललाई सचिवालय बैठकले अनुमोदन गरेको छ ।

अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डले पार्टीमा देखिएको विवाद समाधानका लागि भन्दै बिहीबार पार्टीका महासचिव विष्णु पौडेलको संयोजकत्वमा कार्यदल बनाएको थियो ।

सोमबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले शुक्रबार अध्यक्षद्वयले गठन गरेको कार्यदललाई सकारात्मक रुपमा लिँदै अनुमोदन गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

बैठकले केही समय यता पार्टीमा देखा परेको समस्या समाधान र संकटको निकासका लागि व्यवस्थित बनाएर टुंगोमा पुर्याउन कार्यदल गठन हुनु सकारात्मक भएको निस्कर्ष निकालेको छ ।

कार्यदलले समस्या समेत समाधान गर्ने गरी पार्टीलाई सुझाव दिने प्रवक्ता श्रेष्ठले जानकारी दिए । कार्यदलको समय तोकिएको छैन । तर, यथाशिघ्र छिटो कार्यदलले आफ्नो सुझाव दिने श्रेष्ठले विश्वास व्यक्त गरे ।

सचिवालय बैठकमा पार्टीमा देखिएको संकट छिटोभन्दा छिटो समाधान गर्ने, पार्टी र सरकारका कामहरु प्रभावकारी रुपमा अघि बढाउने र महाधिवेशनको तयारीमा जाने विषयमा छलफल भएको छ ।

त्यसका लागि कार्यदलको प्रतिवेदनलाई अध्यक्षद्वयले परिमार्जनसहित सचिवालय वा स्थायी कमिटी बैठकमा प्रस्तुत गर्ने श्रेष्ठले जनाए ।

अध्यक्ष द्वयले बनाएको कार्यदल बिधिसम्मत नआएको भन्दै यसअघि  वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले कार्यदल गठन प्रक्रियाको बिरोध गरेका थिए । उनीहरुले सचिवालयबाट अनुमोदन नगरी कार्यदलले गरेको काम मान्य नहुने बताएका थिए ।

महासचिव विष्णु पौडेल संयोजकत्वको कार्यदलमा भीम रावल, शंकर पोखरेल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा र पम्फा भुसाल सदस्य छन् ।

 

प्रकाशित मिति : १ भाद्र २०७७, सोमबार  ११ : ५४ बजे

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत

हुम्ला । राष्ट्रिय सडक सञ्जालसँग नजाडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम

बुटवलपछि बागमती प्रदेशका सरकारी कार्यालयमा पनि तीन भाषामा बडापत्र

हेटौंडा । बुटवल उपमहानगरपालिकाले आफ्नो कार्यालय परिषरमा ४ भाषामा बडापत्र

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले मुलुकको

अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग