१४ बैशाख २०८१, शुक्रबार | April 27, 2024

निषेधाज्ञा लागु गराउन चितवन प्रहरीको सक्रियता, मास्क नलगाई हिँड्नेहरुबाट १४ लाख बढी राजश्व संकलन



चितवन । कोरोना भाईरस (कोभिड–१९) को संक्रमण बढेपछि चितवनको माडी नगरपालिका बाहेक सबै स्थानिय तहमा निषेधाज्ञा घोषणसगैँ चितवन प्रहरीले सक्रियता तीव्र पारेको छ ।

कोरोना भाइरसको जोखिमलाई न्यूनिकरण गर्न चितवन प्रहरीले सिमा चेकचाँजलाई तीव्र पारेको हो । जिल्लाको मतहतका सबै युनिटमा गरेर झण्डै ६ बढी प्रहरी परिचालन गरेको चितवनका प्रहरी प्रमुख एसपी नान्तीराज गुरुङले जानकारी दिए ।

शुक्रबारबाट भरतपुर महानगरले निषेधाज्ञा सुरु गरेपनि ईच्छाकामना गाँउपालिकासहित रत्ननगर, कालिका, खैरहनी र राप्ती नगरपालिकाले भने शनिबार रातिदेखि लागु हुने गरि निषेधाज्ञा घोषणा गरेका थिए ।

स्मार्ट निषेधाज्ञा भएको भन्दै एसपी गुरुङले कोरोना महामारी विरुद्धको लडाइँको अग्रमोर्चामा नेपाल प्रहरी खटिएको भन्दै चितवनमा जोखिम कम गर्न चौबीस घण्टे ‘ड्युटी र अन द स्पट कार्वाही समेत लागु गरेको समेत बताए।

‘उच्च जोखिम बढेसँगै थप संक्रमण फैलनबाट रोक्न चेकजाँच र अनुगमनमा कडाइ गरेका छौं’, एसपी गुरुङले भने, ‘उत्तर सिमा पर्ने ईच्छाकामना, पश्चिम नाका भरतपुर महानगर नारायणी पुल र पूर्वी नाकाको राप्ती नगरको लोथरमा विशेष सुरक्षा मापदण्ड पालनामा कडाइ गर्न अनुगमन टोलीलाई थप सक्रिय परेका छौं।’

एसपी गुरुङले जोखिम न्यूनिकरणका लागि सचेतना अभियानसँगै निषेधाज्ञा तोड्ने नियन्त्रणमा लिई कार्वाही गर्न चितवन प्रहरी सफल भएको बताए ।

एसपी गुरुङ आफै फिलडमा उत्रिएर पुलचोक, मुग्लिन, आँपटारी, शहीदचोक, लायन्सचोक, वीरेन्द्र क्याम्पस, हाकिमचोक, गोन्द्राङ, टिकौली, टाँडी बजार, खैरहनी पसौ बजार, भण्डारा, लोथर र गीतानगर, चनौली लगायतका ठाँउमा विशेष टोली खटाएका छन् ।

यस्तै सुरक्षालाई थप मजबुत बनाउन तीनै तहका नेपाल प्रहरी, नेपाली सेना र शसस्त्र प्रहरी चोक सडकमा एसपी गुरुगं समन्वय गदै उतारेका छन् ।


१४ लाख बढी राजश्व संकलन

यसैबीच मास्कको प्रयोग नगरी हिँड्ने १२ सय जना बढीलाई नियन्त्रणमा लिई छाडिएको छ । लकडाउनको समयमा मात्रै ११ लाख ८० हजार रुपैयाँ र निषेधाज्ञा लागु गरेपछि ३ लाख रुपैयाँ बढी राजश्व समेत संकनल भएको एसपी गुरुङले बताए ।

प्रहरीले नषेधाज्ञाको सामाजिक दुरि कायम नगरेको भन्दै जरिवान ५०० र माक्स प्रयोग नगर्नेलाई १ सय रुपैयाँ जरिवान अन द स्पट गराउदै आएको छ ।


२५ सय सवारी साधन फिर्ता

यस्तै चितवन हुदै अन्य जिल्ला तथा राजधानी प्रवेश गर्न खोज्ने सवारी साधनलाई प्रवेश विन्दु मै फर्काइएको छ। बिना अनुमति चितवनमा प्रवेश गर्न खोज्ने जनालाई प्रवेश नाकावाटै फिर्ता पठाइएको चितवन प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाका अनुसार निषेधाज्ञाकै क्रममा पुल्चोक नाकाबाट मात्रै साईकल, मोटरसाईकल, सानो र ठुलो सवारी गरि १५ सवारी साधन र लोथर नाकाबाट १ हजार सवारी साधन फिर्ता फिर्ता पठाइएको छ । यस्तै, आँपटारीबाट १ हजार जनालाई आधादेखि १ घण्टा होल्ड गरी फर्ता पठाईएको छ ।

कोरोना नियन्त्रणमा नागरिक स्वयम् सचेत नभई राज्यको तर्फवाट मात्र गरिएको प्रयासवाट संक्रमण नियन्त्रण र न्यूनिकरणको काम प्रभावकारी नहुने भएकोले आम नागरिकलाई प्रकोप नियन्त्रणमा सहयोग गर्न समेत चितवनका सबै स्थानिय तहले आग्रह पनि गरेको छन्।

चितवनमा कोरोना नियन्त्रण र निषेधाज्ञा सफल पार्न ८ वटा मोबाइल गस्ती गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक दयाकृष्ण भट्टले दुई दिनमा गरि चितवनका विभिन्न नाकाको यात्रु तथा चालक कार्वाहीसगैँ सचेतना दिने र सम्झाइ बुझाइ छाडेको जानकारी दिए ।

यस्तै, चितवनमा नेपाली सेनाको कालिबहादुर गणका झण्डै १ सय ५० जना बढी सेना र सशस्त्र प्रहरीको गढीमाई बाहिनी अन्तर्गत चितवनमा शसस्त्र प्रहरी बलका २ सय जना परिचालित समेत समन्वय गरी परिचालन भएको चितवन प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १ भाद्र २०७७, सोमबार  ३ : ४७ बजे

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत

हुम्ला । राष्ट्रिय सडक सञ्जालसँग नजाडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम

बुटवलपछि बागमती प्रदेशका सरकारी कार्यालयमा पनि तीन भाषामा बडापत्र

हेटौंडा । बुटवल उपमहानगरपालिकाले आफ्नो कार्यालय परिषरमा ४ भाषामा बडापत्र

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले मुलुकको

अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग