९ माघ २०८१, बुधबार | January 22, 2025

ललितपुर प्रशासनद्वारा पुल्चोक क्षेत्रमा ६ महिनासम्म निषेधाज्ञा जारी



काठमाडौं । माइतीघर मण्डलादेखि नयाँ वानेश्वर क्षेत्रमा एक महिना सभा जुलुस गर्न काठमाडौं जिल्ला प्रशासनले रोक लगाएको भोलिपल्ट ललितपुरका विभिन्न क्षेत्रमा ६ महिनासम्म निषेधित क्षेत्र तोकिएको छ ।

जिल्ला प्रशासन कार्यालय ललितपुरले मंगलबार आदेश जारी गर्दै पुल्चोकस्थित मन्त्री निवास र युएन हाउस क्षेत्रको सुरक्षा संवेदनशीलताका लागि भन्दै निषेधित क्षेत्र तोकेको हो ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी रूद्रप्रसाद पण्डितले जारी गरेको आदेशमा भनिएको छ, ‘मंसिर ५ गतेदेखि आगामी ६ महिनासम्मका लागि पाँच जनाभन्दा बढी व्यक्ति भेला भई नाराजुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनशन, सभाजस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न निषेध गरेको आदेश जारी गरिएको छ ।’

मंसिर ७ गते दुर्गा प्रसाईंका समर्थक र एमाले निकट युवा संघले एकै स्थानलाई लक्षित गर्दै प्रदर्शनको तयारी गरेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबार माइतीघर–नयाँ बानेश्वर क्षेत्र एक महिनाका लागि निषेधित क्षेत्र तोकेको थियो।

प्रकाशित मिति : ५ मंसिर २०८०, मंगलबार  ५ : ०९ बजे

जिल्ला अदालत रुपन्देहीमा हाजिर भए रवि लामिछाने

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने जिल्ला

झापामा छ महिनामा दुई सय १३ जना पक्राउ

झापा । चालु आर्थिक वर्षको छ महिनामा झापा प्रहरीले लागुऔषध

आर्थिक विकासका निम्ति सबै पक्ष लाग्नुपर्नेमा उपप्रधानमन्त्रीको जोड

बागलुङ । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले आर्थिक विकासका

चिसो बढेपछि नेपालगञ्जका शैक्षिक संस्था बन्द

बाँके । चिसो बढेपछि नेपालगञ्जका सामुदायिक र संस्थागत विद्यालयमा तीन

बागलुङको जैमिनिघाटमा पर्वत जोड्ने मोटरेवल पुल निर्माण सम्पन्न

बागलुङ । कालीगण्डकी नदीमा रु १३ करोड १२ लाख ४९