कोरोना भाइरसका संक्रमितहरु बढेसँगै नेपालमा मृत्युको संख्या पनि विस्तरै बढ्दै गएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको पछिल्लो जानकारी अनुसार सोमबार ३ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा रौतहटका ३२ वर्षीय एक पुरुष, मोरङका ६० वर्षीय एक पुरुष र काठमाडौंका ५८ वर्षीया एक महिला रहेका छन् ।
यससँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको आधिकारिक संख्या १०७ पुगेको छ ।
प्रतिक्रिया