३ आश्विन २०८३, शनिबार | September 19, 2026

कराते महासंघका कार्यालय सचिव क्षेत्री सम्मानित



काठमाडौं । नेपाल कराते महासंघमा लामो समय कार्यालय सचिवका रुपमा कार्यरत पूर्व खेलाडी राजेन्द्र क्षेत्री सोमबार सम्मानित भएका छन् ।

नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) का प्रशिक्षकहरु मिलेर क्षेत्रीलाई नगद २५ हजारसहित सम्मान गरेका हुन् । सोही अवसरमा १३ औं सागका दोहोरो स्वर्ण विजेता करातेका मन्डेकाजी श्रेष्ठले पनि व्यक्तिगत रुपमा क्षेत्रीलाई ५ हजार रुपैयाँ सहित सम्मान प्रदान गरे । क्षेत्रीलाई मुटु र आँखाको समस्या पनि रहेको करातेका प्रमुख प्रशिक्षक मदन उप्रेतीले जनाएका छन् ।

कराते महासंघले राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष शिव कोइराला र सदस्य–सचिव रमेशकुमार सिलवालको सम्मानमा आयोजित बधाइ तथा शुभकामना कार्यक्रमकै बीच क्षेत्रीलाई नगद र मायाको चिनो हस्तान्तरण गरि सम्मान गरिएको थियो ।

नेपाल कराते महासंघद्वारा आयोजित कार्यक्रममा महासंघका उपाध्यक्ष पुरेन्द्रविक्रम लाखेले उपाध्यक्ष कोइराला र सदस्य–सचिव सिलवाललाई मायाको चिनो हस्तान्तरण गरेका थिए ।

अवसरमा १३ औं सागमा निर्णायकको भुमिका निर्वाह गरेका नेपाली एकेएफ रेफ्रीहरु राम लामा, राजेन्द्र कपाली, महेश रन्जित, छत्र आले, ध्रुवविक्रम मल्ल र विआर मित्रलाई पनि मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो ।

प्रकाशित मिति : १ भदौ २०७७, सोमबार  ११ : ०२ बजे

परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क जाने

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर

माथिल्लो त्रिशूली-१ आयोजनाको सुरुङबाट थप ११ शव निकालियो

रसुवा । माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट शनिबार थप ११

बीसौँ एसियाली खेलकुद आजदेखि, नेपालबाट १३५ खेलाडी सहभागी

काठमाडौं । बीसौँ एसियाली खेलकुद प्रतियोगिता आजदेखि जापानमा औपचारिक रूपमा

भदौमा पाँच अर्बको विद्युत् निर्यात

काठमाडौँ । गत भदौमा रु पाँच अर्ब नौ करोड २४

भोटेकोशी बाढीमा बेपत्ता पत्रकार थामीको कुशको शव बनाएर अन्त्येष्टि

काठमाडौं । भोटेकोशी बाढीमा परी बेपत्ता भएका पत्रकार टेकराज थामीको