१० भदौ २०८३, बुधबार | August 26, 2026

बाँकेमा कोरोना संक्रमित १ जनाको मृत्यु, जिल्लामा मृत्यु हुनेको संख्या ४ पुग्यो



नेपालगन्ज । बाँकेमा १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालगन्ज मेडिकल कलेजमा उपचाररत ६२ बर्षिय पुरुषको मध्यराती ११ः४० बजे मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्शन नरेश श्रेष्ठले जनाएका छन् ।

नेपालगन्ज उपमहानगरपालिका-५ का स्थानीय उनलाई गत भाद्र २० गते लक्षण सहितको ज्वरो आएपनि ३२ गते उनी मेडिकल कलेज भर्ना भएका थिए । सोमबार मध्यान्ह उनको पीसीआर रिपोर्ट पोजिटिभ आएको थियो ।

सोमबार नै उनको छातीमा निमोनिया देखिएको र स्वास्थ्य स्थिती बिग्रंदै गएपछि मध्यराती मृत्यु भएको फोकल पर्शन श्रेष्ठले बताए ।

मंगलबार राती भएको मृत्युसँगै बाँकेमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४ पुगेको छ भने नेपालमा मृत्यु हुनेको संख्या १०९ पुगेको छ । सोमबार साँझमात्र कोशी अस्पतालमा उपचारत एक जना संक्रमितको मृत्यु भएको थियो ।

प्रकाशित मिति : २ भदौ २०७७, मंगलबार  ६ : २८ बजे

घाइतेको ज्यान जोगाउनु, बेपत्ताको खोजी र प्रभावितलाई सुरक्षा दिनु सरकारको पहिलो प्राथमिकता : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले सरकारको अहिलेको पहिलो प्राथमिकता घाइतेहरूको

भारत, चीन र विश्व बैंकले सोधे – कस्तो सहयोग कहाँ पठाऊँ ?

काठमाडौँ । विपदग्रस्त नेपालका बाढीप्रभावितको उद्धार र पुनर्निर्माणका लागि आर्थिक

भोटेकोशी बाढी : उद्धार गरी ल्याएका १३ जनाको काठमाडौंंमा उपचार हुँदै

काठमाडौं । रसुवामा आज बिहान गएको बाढीमा परी घाइते भएका

पार्टीका सबै कार्यक्रम रोकेर राहत र उद्धारमा केन्द्रित हुने कांग्रेसको निर्णय

ललितपुर । नेपाली कांग्रेसले पार्टीका सबै कार्यक्रम रोकेर राहत र

संसदलाई सरकारको जवाफ – हिमपहिरोपछि भोटेकोशीमा बाढी आयो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको ठूलो बाढीका