९ चैत्र २०८२, सोमबार | March 24, 2026

जंगली बिषालु च्याउ खाएर प्युठानमा २ जनाको मृत्यु, ३ जना गम्भिर



प्युठान । प्युठानमा जंगली बिषालु च्याउको तरकारी खाएर २ जनाको मृत्यु भएको छ ।

प्युठानको नौबहिनी गाँउपालिका(६ ढाखोलाकी बिष्णु घर्तीको परिवारले गत ३१ गते बेलुका जंगली बिषालु च्याउको तरकारी पकाई खाएकोमा झाडापखाला लागी अस्पताल लैजाँदालैजाँदै २ जनाको बाटोमै मृत्यु भएको र ३ जनाको उपचार भईरहेको प्रहरीले जनाएको छ ।

एकाघरका ५ जनाको परिवार झडापखाला लागेर उपचारको लागी जिल्ला अस्पताल बिजुवार लैजाँदै गर्दा २ जनाको बाटोमै मृत्यु भएको हो । मृत्यु हुनेमा बिष्णु घर्तिका १५ र १३ बर्षिय छोरा सुरेश घर्ती र सुगम घर्ती रहेका छन् ।

अन्य बिरामीहरुको जिल्ला अस्पताल बिजुवार प्यूठानमा उपचार भईरहेको प्रदेश ५ प्रहरी कार्यालयले जनाएको छ । अस्पतालमा उपचार जारी रहेका बिष्णु घर्ती सहित उनकी श्रीमती लिला घर्ती र छोरा शशि घर्तीको अवस्था पनि गम्भिर रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २ भदौ २०७७, मंगलबार  ११ : ३० बजे

भूमि आयोगद्वारा नेपालगन्जमा जग्गा नापजाँच सुरु

नेपालगन्ज । भूमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले नेपालगञ्ज

मध्यपूर्व क्षेत्रमा हवाई क्षेत्र प्रतिबन्धका कारण छवटा उडान रद्द

काठमाडौँ । मध्यपूर्व क्षेत्रमा हवाई क्षेत्र प्रतिबन्धका कारण आज त्रिभुवन

रास्वपाले बोलायो केन्दीय समितिको बैठक, संसदीयदलको नेता चयन गर्ने एजेण्डा

काठमाडौं । जननिर्वाचित नयाँ सरकार गठनको तयारीमा रहेको राष्ट्रिय स्वतन्त्र

कर्तव्य ज्यान मुद्दाका बाल बिज्याईकर्ता पक्राउ

बुटवल । गत चैत्र ३ गते बीभत्स तरिकाले हत्या गरिएकी

नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान

काठमाडौं । नबिल बैंक लिमिटेडले ‘ग्लोबल मनी विक’ अभियानअन्तर्गत ११