३ पुस २०८२, बिहिबार | December 18, 2025

जंगली बिषालु च्याउ खाएर प्युठानमा २ जनाको मृत्यु, ३ जना गम्भिर



प्युठान । प्युठानमा जंगली बिषालु च्याउको तरकारी खाएर २ जनाको मृत्यु भएको छ ।

प्युठानको नौबहिनी गाँउपालिका(६ ढाखोलाकी बिष्णु घर्तीको परिवारले गत ३१ गते बेलुका जंगली बिषालु च्याउको तरकारी पकाई खाएकोमा झाडापखाला लागी अस्पताल लैजाँदालैजाँदै २ जनाको बाटोमै मृत्यु भएको र ३ जनाको उपचार भईरहेको प्रहरीले जनाएको छ ।

एकाघरका ५ जनाको परिवार झडापखाला लागेर उपचारको लागी जिल्ला अस्पताल बिजुवार लैजाँदै गर्दा २ जनाको बाटोमै मृत्यु भएको हो । मृत्यु हुनेमा बिष्णु घर्तिका १५ र १३ बर्षिय छोरा सुरेश घर्ती र सुगम घर्ती रहेका छन् ।

अन्य बिरामीहरुको जिल्ला अस्पताल बिजुवार प्यूठानमा उपचार भईरहेको प्रदेश ५ प्रहरी कार्यालयले जनाएको छ । अस्पतालमा उपचार जारी रहेका बिष्णु घर्ती सहित उनकी श्रीमती लिला घर्ती र छोरा शशि घर्तीको अवस्था पनि गम्भिर रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २ भदौ २०७७, मंगलबार  ११ : ३० बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका