८ बैशाख २०८१, शनिबार | April 20, 2024

कोरोना संक्रमणका कारण पोखरामा फेरि अर्का एक वृद्धको मृत्यु



पोखरा । कोरोना भाइरसको संक्रमणका कारण पोखरामा मंगलबार बिहान फेरि अर्को एक जनाको मृत्यु भएको छ ।

पोखरा महानगरपालिका वडा नं. १६ का ८७ वर्षीय वृद्धको मंगलबार बिहान पौने ११ बजे मृत्यु भएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।

डायबिटिज र मिर्गौलाका दीर्घ रोगी ती वृद्धलाई स्वास्थ्यमा समस्या आएपछि गत आइतबार अस्पताल भर्ना गरिएको थियो । उच्च ज्वरो र स्वाश्वप्रश्वासमा समस्या आएपछि उनलाई हिजो आईसीयूमा भर्ना गरिएको थियो ।

अस्पतालको इमरजेन्सीमा भर्ना गरिएका उनको स्वाव परीक्षण गर्दा सोमबार कोरोना संक्रमण पुष्टि भएको थियो । उनलाई संक्रमण पुष्टि भएपछि उपचारमा संलग्न १३ जना चिकित्सक र स्वास्थ्यकर्मीहरुलाई क्वारेन्टिनमा पठाइएको छ । इमरजेन्सी वार्ड बन्द गरिएको छ ।

अर्को अस्पतालबाट प्रतिष्ठानमा रेफर गरिएका उनलाई सीधै इमरजेन्सीमा राखेर उपचार गराउँदा ठूलो संख्यामा चिकित्सक स्वास्थ्यकर्मीलाई क्वारेन्टिन पठाउनु परेको छ । अस्पताल भर्ना हुन आएका बिरामीलाई कोरोना भएनभएको निक्र्यौल नगरी प्रिआइसोलेसनमा नराखेर अस्पतालमा लापरवाही भएको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।
यसअघि मंगलबार बिहानै कोरोना संक्रमणकै कारण तनहुँकी एक महिलाको मृत्यु भएको थियो ।
पोखरा महानगरापालिका लगायत कास्कीमा कोरोना संक्रमण बढ्दै गएपछि कास्की प्रशासनले मंगलबार राति १२ बजेदेखि भदौ ७ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गरेको छ ।

प्रकाशित मिति : २ भाद्र २०७७, मंगलबार  १ : २८ बजे

हामीलाई कसैले कमजोर ठान्ने उथलपुथल हुन्छ : माधव नेपाल

राैतहट । नेकपा एकिकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण

म्याग्दी । विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर । टीकापुर नगरपालिका वडा नं. ७ को प्रशासनिक भवन