८ बैशाख २०८१, शनिबार | April 20, 2024

खेलाडीलाई फेरि फिटनेसको चिन्ता



लकडाउन खुकुलो भएपछि खुसी भएका खेलाडीलाई फेरी चिन्ता परेको छ । राष्ट्रिय खेलकुद परिषद (राखेप) ले अनिश्चितकालका लागि पुनः खेलकुद गतिविधि बन्द गर्दा अभ्यासमा फर्किएका खेलाडीलाई फिटनेसले पिरोलेको हो ।

घरेलु अभ्यासमा सिमित भएका खेलाडी बीचको समयमा अभ्यासमा फर्किदा पुरानो लय गुमेको थियो ।
सोमबार नेपाली खेलकुदको सर्बोच्च निकाय राष्ट्रिय खेलकुद परिषद (राखेप) ले अनिश्चित कालका लागि सम्पूर्ण खेलकुद गतिविधि स्थगित गरेको छ ।

तीन महिना लामो लकडाउन भएपछि केही प्रावधान मिलाएर खेलकुद गतिविधि सञ्चालन गर्न अनुमति दिए पनि पूर्ण रुपमा खेलकुद गतिविधिमा फर्किन सकेका थिएनन । केही खेलकुद संघले मात्र तोकिएको मापदण्ड पूरा गर्दै अभ्यासका लागि भदौ १ को साइत कुरिरहेका थिए ।

ब्याडमिन्टन, कराते, टेबल टेनिस जस्ता खेलले स्वास्थ प्रोटोकललाई पूरा गर्दा अन्य सुचारु गर्ने सोचमा थिए । अहिले ती नै खेलका खेलाडी पुन स्थगित हुँदा चिन्तित भएका छन् । यस्तै चिन्ताले सताएका फुटबल अन्जन विष्टले घरेलु अभ्यासबाट आपूmलाई फिट राख्ने प्रयास गरिरहेका छन् ।

खेल मैदानमा समूह गत तरिकाले गरिने अभ्यास जस्तो नभए पनि पनि आपूmलाई फिट राख्न घरेलु अभ्यासमा ब्यस्त रहेको राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर अञ्जन विष्ट बताउँछन् ।

त्यसो त अखिल नेपाल फुटबल संघ (एन्फा) ले कतार विश्वकप छनोटका लागि उपत्यका बाहिर र भित्रका ३४ खेलाडीमा कोरोना परीक्षण गर्दै भदौ १ बाट अभ्यास गर्ने तयारी गरेको थियो ।

बढ्दो महामारी र एसियाली फुटबल महासंघ (एएफसी) ले अक्टोबर र नोभेम्बर महिनाका लागि तय भएको छनोट खेल स्थगित गर्ने निर्णय सँगै खेलाडी निराश भएका छन् । सम्पूर्ण खेलकुद गतिविधि बन्द हुँदा खेलाडी मारमा परेका छन् ।

ती खेलाडीले फिट रहन घरेलु अभ्यासमा रहेका खेलाडीलाई प्रविधिको माध्यमबाट आवश्यक सल्लाह र सुझाव दिइरहेको राष्ट्रिय टोलीका फिजियो आविस्कार पुडासैनी बताउँछन् ।

पछिल्लो केही साताबाट काठमाडौं लगायत जनघनत्व बढी भएका क्षेत्रमा कोरोनाको जोखिम बढेसँगै राखेपले खेलकुद गतिविधि बन्द गर्ने निर्णय गरेको हो । खेलकुद क्षेत्रमा अहिले सम्म स्क्वास प्रशिक्षक हिरा थापा, राष्ट्रिय फुटबल टिमका एक खेलाडी र एपीएफ क्लबका २ खेलाडीमा कोरोना देखिएको छ ।

प्रकाशित मिति : २ भाद्र २०७७, मंगलबार  १ : ५५ बजे

हामीलाई कसैले कमजोर ठान्ने उथलपुथल हुन्छ : माधव नेपाल

राैतहट । नेकपा एकिकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण

म्याग्दी । विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर । टीकापुर नगरपालिका वडा नं. ७ को प्रशासनिक भवन