२८ असार २०८३, आइतबार | July 12, 2026

पूर्व खेलाडी समाज बाँकेको दोस्रो वार्षिक साधारणसभा सम्पन्न



नेपालगन्ज । पूर्व खेलाडी समाज बाँकेको दोस्रो वार्षिक साधारणसभा शनिबार नेपालगन्जमा सम्पन्न भएको छ।

अग्रज तथा युवा खेलाडीहरूको उल्लेखनीय सहभागिताबीच सम्पन्न साधारणसभाले संस्थाको वार्षिक गतिविधि समीक्षा गर्नुका साथै आगामी कार्ययोजना तय गर्ने विषयमा व्यापक छलफल गरेको छ।

समाजका अध्यक्ष प्रकाश बहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा बोल्दै नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त बिष्टले नेपालगन्ज खेलकुद गतिविधिका दृष्टिले महत्वपूर्ण केन्द्रका रूपमा विकास हुँदै गएको बताए । उनले स्थानीय सरकारले खेलकुद पूर्वाधार निर्माण, खेलाडी प्रोत्साहन तथा खेलमैत्री वातावरण निर्माणमा प्राथमिकता दिएको जानकारी दिए । उनले खेलकुद क्षेत्रको विकासमा पूर्व खेलाडीहरूको सुझाव, अनुभव र सहभागिता अपरिहार्य रहेको बताउँदै आगामी दिनमा समाजसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

अन्तरराष्ट्रिय खेलाडी एवम पूर्व प्रदेश मन्त्री सुरेन्द्र हमालले खेलकुद राष्ट्रको पहिचान र गौरवसँग जोडिएको क्षेत्र भएको उल्लेख गर्दै पूर्व खेलाडीहरूको अनुभव, दक्षता र नेतृत्वलाई खेलकुद विकासमा उपयोग गर्न आवश्यक रहेको बताए। उनले खेल जीवनबाट प्राप्त अनुभवलाई नयाँ पुस्तामा हस्तान्तरण गर्न पूर्व खेलाडीहरूको भूमिका महत्वपूर्ण हुने धारणा व्यक्त गरे।

सल्लाहकार अजित कुमार शर्माले समाजले छोटो अवधिमै खेलकुद क्षेत्रमा सकारात्मक पहिचान बनाएको उल्लेख गर्दै संस्थागत सुदृढीकरण, खेलाडीबीच एकता तथा खेलकुद विकासका लागि निरन्तर सक्रिय रहन आग्रह गरे ।

समाजका सचिव नरेन्द्र थापाले सञ्चालन गरेको कार्यक्रममा सहसचिव अभय कुमार बस्नेतले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

साधारणसभाको बन्द सत्रमा महासचिव जयन्त कुमार शर्माले संस्थाको वार्षिक सांगठनिक प्रतिवेदन प्रस्तुत गरे। प्रतिवेदनमा संस्थाले वर्षभरि सञ्चालन गरेका कार्यक्रम, सदस्यता विस्तार, खेलाडी सम्मान, सामाजिक गतिविधि तथा आगामी योजनाबारे जानकारी प्रस्तुत गरिएको थियो।

त्यसैगरी कोषाध्यक्ष बिरेन्द्रमान श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको आय–व्यय विवरण, आर्थिक अवस्था तथा आगामी वर्षका लागि प्रस्तावित बजेटबारे जानकारी गराए । प्रस्तुत दुवै प्रतिवेदनमाथि सदस्यहरूले छलफल गरी आवश्यक सुझावसहित पारित गरेका छन् ।

साधारणसभामा विभिन्न खेल विधाका अग्रज तथा युवा खेलाडीहरू गरी करिब ६० जनाको सहभागिता रहेको थियो। सहभागीहरूले खेलकुद क्षेत्रको विकास, पूर्व खेलाडीहरूको भूमिका तथा भावी कार्यदिशाबारे आफ्ना धारणा राख्दै समाजको गतिविधिलाई थप सशक्त बनाउन सुझाव दिएका थिए।

प्रकाशित मिति : २३ जेष्ठ २०८३, शनिबार  ११ : ०५ बजे

अमेरिकी सिनेटर तथा ट्रम्पका प्रमुख सहयोगी ग्राहमको ७१ वर्षको उमेरमा निधन

वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका निकट सहयोगी तथा प्रभावशाली

गणेश नेपाली प्रकरण : सरकार, महानगर र पीडित पक्षबीच ९ बुँदे सहमति

काठमाडौं । त्रिपुरेश्वरमा आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका मुगुको

पर्वतको मोदीखोलामा बाढी, सतर्कता अपनाउन आग्रह

पर्वत । कास्की र पर्वत हुँदै बग्ने मोदीखोलामा भारी वर्षाका

गृहमन्त्रीसहित मन्त्रीहरू होल्डिङ सेन्टरको अवलोकनमा

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङसहित विभिन्न मन्त्रीहरूले आज भक्तपुरको खरिपाटीस्थित

कीर्तिपुरका डुबान प्रभावित ३१ परिवारलाई खरिपाटी होल्डिङ सेन्टरमा सारियो

काठमाडौं । लगातारको वर्षापछि जोखिम बढेपछि कीर्तिपुरस्थित राधास्वामी क्षेत्रमा बसोबास