१३ बैशाख २०८१, बिहिबार | April 26, 2024

थपिए रुपन्देहीमा २२ नयाँ संक्रमित, बुटवलमा मात्र १४ जना नयाँ संक्रमित



बुटवल । अपरान्ह ४ बजे पछि रुपन्देहीमा २२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

प्रदेश जन स्वास्थ्य प्रयोगशाला भैरहवामा भएको पीसीआर परीक्षणबाट जिल्लामा २२ जना नयाँ संक्रमित थपिएका हुन् । नयाँ थपिएका संक्रमितहरुमा बुटवल उपमहानगरपालिकाका १४ जना छन् भने सिद्धार्थनगर नगरपालिकाका ५ जना, सियारी गाँउ पालिकाका २ जना र देवदह नगरपालिकाका १ जनामा कोरोना पुष्टि भएको छ ।

आज मात्र रुपन्देहीमा ३४ जना नयाँ संक्रमित थपिएको स्वास्थ्य कार्यालय रुपन्देहीका कोरोना फोकल पर्शन केदार शाहले बताए । शाहका अनुसार आज थपिएकामा एन आई सी एसिया बैंकका कर्मचारी, देवदहका २ जना स्थानीय श्रीमान श्रीमती तथा सर्वसाधारण रहेका छन् ।

बुटवल उपमहानगरको नहरपुरमा रहेको क्वारेन्टिन र कन्ट्याक्ट ट्रेसिङका आधारमा ४० जनाको पीसीआर परीक्षण गर्दा बुटवल उपमहानगरका १४ जनामा कोरोना पुष्टि भएको उपमहानगर स्वास्थ्य शाखा प्रमुख कुन्दन कुमार सिंहले बताए ।

प्रकाशित मिति : २ भाद्र २०७७, मंगलबार  ८ : २५ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम