२८ मंसिर २०८२, आइतबार | December 15, 2025

दाहसंस्कार गर्दा गर्दै कोरोना रिपोर्ट पोजिटिभ आएपछि मलामीको भागाभाग



बर्दिया । बर्दियामा कोरोना संक्रमण भएका एक पुरुषको मृत्यु भएको छ । कोरोना संक्रमण नहुँदै मृत्यु भएपछि दाहसंस्कार गर्दै गर्दा कोरोना पुष्टि भएको खबर आएपछि मलामीको भागाभागभएको छ ।

बर्दियाको मधुवननगरपालिका–९ का ७८ वर्षिय पुरुषको मृत्यु पछि कोरोना पुष्टि भएको छ ।

बर्दियाका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीका अनुसार नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मंगलबार उनको निधनभएको थियो । उनको शव ल्याएर दाहसंस्कार गर्दै गर्दा कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।

जिल्ला प्रशासन कार्यालयका अनुसार शव दाहसंस्कारमा संलग्न मलामीहरुलाई क्वारेन्टाईनमा राख्ने तयारी गरेको छ । प्रमुख जिल्ला अधिकारी अधिकारीले भन्नु भयो ‘कोरोना रिपोर्ट नआउँदै शवको दाहसंस्कार भएछ । मलामी गएका सबैलाई क्वारेन्टाइनमा राख्ने हामीले तयारी गरेका छौं । संक्रमितको बस्ती पनि सिल गर्दैछौं’, प्रजिअ अधिकारीले भने ‘कोरोना रिपोर्ट नआउँदै मेडिकल कलेजले कसरी शव हस्तान्तरण गर्यो । त्यसबारे पनि छानबिन हुनेछ ।’

मधुवन नगरपालिका–९ का वडा अध्यक्ष डिल्लीराज खनालका अनुसार बबई नदीको कुसुम्बा घाटमा शव दाहसंस्कार हुँदा करिब चार पाँच सय जति मलामी थिए । तिनिहरु मध्ये शव सँग प्रत्यक्ष सम्पर्कमा आएका एक सय भन्दा बढीलाई ने रा मावि पुर्णपुर माक्वारेन्टाइन राखिएको छ ।

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका कोरोना फोकल पर्सन डा.दिनेश श्रेष्ठका अनुसार निमोनिया भएपछि सोमबार उनी अस्पतालमा भर्ना भएका थिए । मंगलबार बिहान १ः३०मा उनको निधनभएको थियो । डा. श्रेष्ठले भने, ‘कोरोना रिपोर्ट नआउँदै दिउँसो एक बजेतिर सामाजिक दुरी कायम गरी दाहसंस्कार गर्ने कागज गरेर शव लगेर जानु भएको थियो । ३ः३० बजेतिर कोरोना रिपोर्ट पोजेटिभ आयो ।’

प्रकाशित मिति : २ भदौ २०७७, मंगलबार  १० : ४३ बजे

एमालेका केही नेताद्वारा ‘राजनीतिमा सधैं पदमा रहिरहनुपर्छ ’भन्ने मान्यतालाई खण्डित

काठमाडौँ । राजनीतिमा सधैं पदमा रहिरहनुपर्छ र आफू मात्रै सक्रिय

अवैध उत्खनन् एवं ढुवानी गर्दै आएका दर्जन बढी सवारी साधन प्रहरी नियन्त्रणमा

खजुरा । अवैध उत्खनन् एवं ढुवानी गर्दै आएका दर्जन बढी

एमालेका रुपन्देही सचिव चित्रबहादुर कार्कीले छाडे एमाले, रास्वपामा प्रवेश

बुटवल । काठमाडौंमा विधान महाधिवेशनको निर्णय केन्द्रीय कमिटीबाट उल्ट्याउँदै ११

एमालेको निर्वाचन तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वको निर्वाचनका लासग निर्वाचन कार्यतालिका

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर