७ आश्विन २०८३, बुधबार | September 23, 2026

दाहसंस्कार गर्दा गर्दै कोरोना रिपोर्ट पोजिटिभ आएपछि मलामीको भागाभाग



बर्दिया । बर्दियामा कोरोना संक्रमण भएका एक पुरुषको मृत्यु भएको छ । कोरोना संक्रमण नहुँदै मृत्यु भएपछि दाहसंस्कार गर्दै गर्दा कोरोना पुष्टि भएको खबर आएपछि मलामीको भागाभागभएको छ ।

बर्दियाको मधुवननगरपालिका–९ का ७८ वर्षिय पुरुषको मृत्यु पछि कोरोना पुष्टि भएको छ ।

बर्दियाका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीका अनुसार नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मंगलबार उनको निधनभएको थियो । उनको शव ल्याएर दाहसंस्कार गर्दै गर्दा कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।

जिल्ला प्रशासन कार्यालयका अनुसार शव दाहसंस्कारमा संलग्न मलामीहरुलाई क्वारेन्टाईनमा राख्ने तयारी गरेको छ । प्रमुख जिल्ला अधिकारी अधिकारीले भन्नु भयो ‘कोरोना रिपोर्ट नआउँदै शवको दाहसंस्कार भएछ । मलामी गएका सबैलाई क्वारेन्टाइनमा राख्ने हामीले तयारी गरेका छौं । संक्रमितको बस्ती पनि सिल गर्दैछौं’, प्रजिअ अधिकारीले भने ‘कोरोना रिपोर्ट नआउँदै मेडिकल कलेजले कसरी शव हस्तान्तरण गर्यो । त्यसबारे पनि छानबिन हुनेछ ।’

मधुवन नगरपालिका–९ का वडा अध्यक्ष डिल्लीराज खनालका अनुसार बबई नदीको कुसुम्बा घाटमा शव दाहसंस्कार हुँदा करिब चार पाँच सय जति मलामी थिए । तिनिहरु मध्ये शव सँग प्रत्यक्ष सम्पर्कमा आएका एक सय भन्दा बढीलाई ने रा मावि पुर्णपुर माक्वारेन्टाइन राखिएको छ ।

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका कोरोना फोकल पर्सन डा.दिनेश श्रेष्ठका अनुसार निमोनिया भएपछि सोमबार उनी अस्पतालमा भर्ना भएका थिए । मंगलबार बिहान १ः३०मा उनको निधनभएको थियो । डा. श्रेष्ठले भने, ‘कोरोना रिपोर्ट नआउँदै दिउँसो एक बजेतिर सामाजिक दुरी कायम गरी दाहसंस्कार गर्ने कागज गरेर शव लगेर जानु भएको थियो । ३ः३० बजेतिर कोरोना रिपोर्ट पोजेटिभ आयो ।’

प्रकाशित मिति : २ भदौ २०७७, मंगलबार  १० : ४३ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई