१२ श्रावण २०८१, शनिबार | July 27, 2024

च्याम्पियन्स लिगको फाइनलमा पिएसजी पुग्यो



एजेन्सी । फ्रान्सेली क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ। लिस्बोनमा मंगलबार राति भएको सेमिफाइनलमा जर्मन क्लब आरबी लेइप्जिगलाई ३–० ले पराजित गरी पिएसजीले फाइनल यात्रा तय गरेको हो ।

पहिलो हाफमा दुई गोल गरेको पिएसजीले दोस्रो हाफमा थप एक गोल गरेको हो । पिएसजीका लागि १३ औँ मिनेटमा माक्र्विन्होस, ४२ औँ मिनेटमा एन्जल डी मारिया तथा ५६ औँ मिनेटमा ख्वान बेर्नाटले गोल गरेका हुन् ।

पिएसजीले उपाधिका लागि बार्यन म्युनिख वा लियोनसँग प्रतिस्पर्धा गर्ने छन् । बार्यन म्युनिख र लियोनबिचको सेमिफाइनल खेल बुधबार राति हुँदैछ ।

मंगलबार रातिको खेलमा पिएसजीलाई जिताउन नेइमारको भूमिका महत्वपूर्ण रह्यो । उनले गोल नगरे पनि गोलका लागि अवसर सिर्जना गरे । डी मारियाको गोलका लागि नेइमारले सहयोग गरेका हुन् ।

नेइमारले हालसम्म च्याम्पियन्स लिगमा २४ गोलका लागि सहयोग गरेका छन् । यो कुनै पनि खेलाडीले गोलका लागि च्याम्पियन्स लिग गरेको सबैभन्दा धेरै सहयोग हो ।

प्रकाशित मिति : ३ भदौ २०७७, बुधबार  ६ : ३२ बजे

चारवटा प्रदेशमा भारी वर्षा हुने

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह