११ असार २०८३, बिहिबार | June 25, 2026

च्याम्पियन्स लिगको फाइनलमा पिएसजी पुग्यो



एजेन्सी । फ्रान्सेली क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ। लिस्बोनमा मंगलबार राति भएको सेमिफाइनलमा जर्मन क्लब आरबी लेइप्जिगलाई ३–० ले पराजित गरी पिएसजीले फाइनल यात्रा तय गरेको हो ।

पहिलो हाफमा दुई गोल गरेको पिएसजीले दोस्रो हाफमा थप एक गोल गरेको हो । पिएसजीका लागि १३ औँ मिनेटमा माक्र्विन्होस, ४२ औँ मिनेटमा एन्जल डी मारिया तथा ५६ औँ मिनेटमा ख्वान बेर्नाटले गोल गरेका हुन् ।

पिएसजीले उपाधिका लागि बार्यन म्युनिख वा लियोनसँग प्रतिस्पर्धा गर्ने छन् । बार्यन म्युनिख र लियोनबिचको सेमिफाइनल खेल बुधबार राति हुँदैछ ।

मंगलबार रातिको खेलमा पिएसजीलाई जिताउन नेइमारको भूमिका महत्वपूर्ण रह्यो । उनले गोल नगरे पनि गोलका लागि अवसर सिर्जना गरे । डी मारियाको गोलका लागि नेइमारले सहयोग गरेका हुन् ।

नेइमारले हालसम्म च्याम्पियन्स लिगमा २४ गोलका लागि सहयोग गरेका छन् । यो कुनै पनि खेलाडीले गोलका लागि च्याम्पियन्स लिग गरेको सबैभन्दा धेरै सहयोग हो ।

प्रकाशित मिति : ३ भदौ २०७७, बुधबार  ६ : ३२ बजे

देशभरका २६ लाख किसानको सूचीकरण सम्पन्न

काठमाडौँ । किसान सूचीकरण प्रणालीमा अहिलेसम्म देशभरका २६ लाख किसान

सैन्य अभ्यासका क्रममा एक जना सैनिक जवानको मृत्यु

कैलाली । लम्कीचुहा नगरपालिका–३ स्थित गोरङ्गे ब्यारेकमा सैन्य तालिमका क्रममा

नेप्से परिसूचक आठ अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज

स्थायी व्यवस्थापनको माग गर्दै सुकुम्बासीको चेतावनी, ‘होल्डिङ सेन्टरबाट हटाए पुरानै बासस्थान फर्किन्छौं’

काठमाडौं । होल्डिङ सेन्टरमा राखिएका भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूले

तरकारी उत्पादनमा दोब्बरले वृद्धि

मलेखु । आधुनिक कृषि प्रविधिको बढ्दो प्रयोग र प्राविधिक ज्ञानको