१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

भेरी अस्पतालको १६ लाखको लहरोले पहरो तान्दै, अख्तियार मुख्यालयले अनुसन्धान गर्दै, नेपालगन्जमा बयान लिईंदै



नेपालगन्ज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्रोत नखुलेको रकमसहित भेरी अस्पताल नेपालगन्जका कम्प्युटर अपरेटर अरुण खनाललाई नियन्त्रणमा लिएसँगै अस्पतालका अन्य कर्मचारी पनि अनुसन्धानमा तानिन थालेका छन् ।

थप अनुसन्धानका लागि भन्दै भेरी अस्पताल नेपालगन्जका ४ जना कर्मचारीलाई निलम्बन गर्न सिफारिस गरेअनुसार लेखा अधिकृतसहित ४ जना कर्मचारी निलम्बनमा परेकाछन् ।

निलम्वित हुनेहरुमा भेरी अस्पताल नेपालगन्जका लेखाअधिकृत माधव आचार्य, लेखापाल इन्द्र ओली, सहलेखापाल प्रेम खत्री र कम्प्युटर अपरेटर अरुणराज खनाल रहेकाछन् । अख्तियारले गत साउन ८ गते कम्प्युटर अपरेटर खनालको दराजमा राखिएको श्रोत नखुलेको १६ लाख रकमसहित उनलाई नियन्त्रणमा लिएको थियो ।

पक्राउ परेका कम्प्युटर अपरेटर खनालको बयानका आधारमा लेखा अधिकृतसहित थप तीन जनालाई निलम्बन गरिएको हो ।

खनाल पक्राउ परे पश्चात भेरी अस्पतालबाट अस्पताल प्रमुखसहित लेखासँग सम्बन्धित अन्य कर्मचारीलाई बयानका लागि अख्तियारले काठमाडौं बोलाएको थियो ।

कोरोना भाइरस टेस्ट गर्ने मेशिन लगाएत विभिन्न मेडिकल उपकरण खरिदमा अनियमितता भएको भन्दै उजुरी परेको आधारमा अख्तियारले छानविन सुरु गर्दैगर्दा खनाल पक्राउ परेका थिए ।

कम्प्युटर अपरेटर खनालमाथि अख्तियारको केन्द्रीय कार्यालय टंगालको टिमबाट अनुसन्धान भईरहेको । खनालको बयानका आधारमा अन्य संग्लग्नहरुको बयान लिने काम नेपालगन्जबाट भईरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको सम्पर्क कार्यालय नेपालगन्जका सूचना अधिकारी लोकमणी पाण्डेले बताए । तत्काल काठमाडौं लैजान नसकिने वा लैजान आवश्यक नदेखिएका अन्य कर्मचारीको बयान नेपालगन्जबाट लिएर पठाउने काम भईरहेको पाण्डेले बताए ।

बयानका आधारमा अन्य कर्मचारीलाई निलम्वन गर्न प्रदेश सामाजिक विकास मन्त्रालय र अस्पताल प्रशासनलाई अख्तियारबाट तत्काल सिफरिस गरिएपनि उनीहरुलाई ढिलागरी निलम्बन गरिएको बताइएको छ ।

प्रकाशित मिति : ३ भदौ २०७७, बुधबार  ९ : १० बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले