१२ जेष्ठ २०८३, मंगलबार | May 26, 2026

पहिरोले घर बगाउँदा दैलेखमा दुईको मृत्यु, छ घाइते



दैलेख । दैलेखको पश्चिम ठाटीकाँध गाउँपालिका–४ गैरागाउँमा पहिरोले सात घर बगाएको छ ।

पहिराले घर बगाउँदा एक जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन् । छ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा ठाटीकाँध गाउँपालिका–४ का १२ वर्षीय जनक कठायत रहेका छन् ।

मृतकका बुबा ४२ वर्षीया टीका कठायत, आमा ४० वर्षीया धनसरा कठायत, दिदी १७ वर्षीया बेल कठायत, दाजु १५ वर्षीय शम्शेर कठायत घाइते भएको वडा नं ४ वडाध्यक्ष रमेश सिजापति बताए ।

सिजापतिले भने, ‘हामीले पहिरो गएको खबर २ बजे पाउनेबित्तिकै उद्धार ग¥यौँ । एकजनाको अवस्था सिकिस्त छ । अन्यको अवस्था सामान्य रहेको छ ।’

बेपत्ता हुनेमा दानबहादुर कठायतका११ वर्षीय छोरा लोकेश कठायत रहेका छन् । लोकेश पहिरामै बेपत्ता भएको स्थानीयवासी बताउँछन् ।

पहिरोले सोही ठाउँका ३४ वर्षीय महेन्द्र शाही र २३ वर्षीय गम्म नेपाली घाइते भएका छन् ।

त्यसैगरी दैलेखको पूर्वमा पर्ने भगवतीमाई गाउँपालिका–५ कट्टीमा पहिराले घर पुरिँदा ६६ वर्षीय बलबहादुर रावतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

मङ्गलबार नै रामघाट खोलामा आएको बाढी आठबिस नगरपालिका– १ रामघाटबजार पस्दा लाखौँ क्षति भएको रामघाट बजारका नैनबहादुर शाहीले बताउनुभयो ।

उनले भने, ‘कर्णाली नदीमा पानी बहाब बढेपछि रामघाट खोलाको पानी राकिएर बजार पस्दा लाखौँको सरसमान बगायो । बजारमा पानी पस्दा मान्छे सुरक्षित ठाउँमा भाग्न सफल भए ।

प्रकाशित मिति : ३ भदौ २०७७, बुधबार  ३ : ११ बजे

प्रतिनिधिसभा बैठक पुनः सुरु

काठमाडौँ । विपक्षी दलहरुको विरोधका बीच प्रतिनिधिसभाको बैठक कार्यसूचीमा प्रवेश

लुम्बिनी प्रदेशसभाः नीति तथा कार्यक्रममाथि छलफल सुरु

लुम्बिनी । लुम्बिनी प्रदेशसभाको आज बसेको सातौँ बैठकमा आर्थिक वर्ष

रास्वपा सांसद खरेलको ‘तमासा’  अभिव्यक्ति हटाउन नेकपाको माग

काठमाडौं । प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद जगदीश

नेपाल राष्ट्र बैङ्क ऐन संशोधन विधेयक संसद्मा दर्ता

काठमाडौं । नेपाल राष्ट्र बैङ्कलाई थप स्वायत्त, उत्तरदायी र प्रविधिमैत्री

मुख्य न्यायाधिवक्ताहरूको राष्ट्रिय सम्मेलन धनगढीमा सुरु

सुदूरपश्चिम । ‘समन्वय, सहकार्य र कानुनको प्रभावकारी कार्यान्वयन–सबल मुख्य न्यायधिवक्ता,