२५ बैशाख २०८१, मंगलबार | May 7, 2024

औषधी लिएर बिहिबार पनि बुटवल नगरप्रमुख संक्रमितको घरघरमा, संक्रमितको घर पुगेनन् स्वास्थ्यकर्मी



बुटवल । बुधबार देखि प्रतिरोधात्मक औषधी र आहार तालिका सहित संक्रमित भेटन घरघर पुगेका बुटवल उपमहागरका नगर प्रमुखले आज पनि संक्रमित भेट्ने अभियानलाई निरन्तरता दिएका छन् ।

होम आइसोलेसनमा बसेका संक्रमितलाई हौसला र आत्मबल पु¥याउन भन्दै बुधबार देखि आहार तालिका, स्वास्थ्य लाभको शुभकामना पत्र र केहि प्रतिरोधात्मक एलोपेथिक र आयुर्वेदीक औषधी लिएर संक्रमित भेटने अभियानलाई बुटवलमा नगर प्रमुख शिवराज सुबेदीले आज पनि निरन्तरता दिएका हुन् ।

आज मध्यान्ह देखि उप प्रमुख गुमादेवी आचार्य, प्रमुख प्रशासकिय अधिकृत चक्रपाणी शर्मा तथा सम्बन्धित वार्डका वार्ड अध्यक्ष सहितको टोलिले ११ जना संक्रमितको घरघर पुगेर भेटघाट गरेका छन् । उपमहानगरका प्रमुख प्रशासकिय अधिकृत शर्माका अनुसार बिहिबार वार्ड नम्बर ८ का ८ घर, वार्ड नम्बर १, १६ र ४ का १।१ घरमा पुगेर संक्रमितलाई स्वास्थ्य लाभको कामना सहित औषधी र आहार तालिका हस्तान्तरण गरेका छन् ।

कतिपय संक्रमितले टिपाएको मोबाईल नम्बरका आधारमा घर फरक परेको र तीनीहरुलाई भेट्न नसकिएको प्रशासकिय अधिकृत शर्माले बताए ।

बुधबार राती सम्ममा बुटवल उपमहानगर सम्ममा ५८ जना संक्रमितहरु सेल्फ होम आइसोलेसनमा बसिरहेका छन् ।

केन्द्रीय कोभिड-१९ क्राईसिस मेनेजमेन्ट सेण्टरले होम आईसोलेसनमा बस्ने संक्रमितलाई पुर्णरुपमा स्वास्थ्यकर्मीको निगरानीमा रहने गरि अनुमति दिनु पर्ने ब्यवस्था गरेपनि बुटवलमा होम आईसोलेसनमा बसेका संक्रमितहरुलाई कोही पनि स्वास्थ्यकर्मी भेटन नआएको संक्रमितहरुले बताएका छन् । कन्ट्याक्ट ट्रेसिङका लागि एक पटक फोन आएको बाहेक स्वास्थ्यकर्मी घरमा नआएको वार्ड नम्बर ११ का एक संक्रमितले बताए ।

सिसिएमसिले लक्षण सहितको संक्रमितलाई होम आइसोलेसनमा बसाल्न नहुने नीति बनाए पनि बुटवलमा होम आइसोलेसनमा बसेका कतिपय संक्रमितलाई ज्वरो आएको, पखाला लागेको जस्ता लक्षण देखिएको छ ।

प्रकाशित मिति : ४ भाद्र २०७७, बिहिबार  ५ : ५९ बजे

उपेन्द्र यादवले भेटे प्रधानमन्त्री प्रचण्डलाई

काठमाडौं । उपप्रधानमन्त्री एवं स्वास्थ्य मन्त्रीसमेत रहेका जनता समाजवादी पार्टी

रास्वपाको बैठकमा बजेट अधिवेशनबारे छलफल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक सुरु

एकीकृत समाजवादीको स्थायी समिति बैठक शनिबार

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को स्थायी समिति बैठक

चट्याङ लागेर बालकको मृत्यु

अछाम । चट्याङ लागेर रामारोशन गाउँपालिका-७ मेलकाटिया निवासी कमल भण्डारीका

उपप्रधानमन्त्री यादव स्वदेश फिर्ता

काठमाडौं । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव संयुक्त