२५ असार २०८३, बिहिबार | July 9, 2026

अप्रेशन सकिए लगत्तै बिरामीमा कोरोना पुष्टि, अस्पताल सिल गरेर चिकित्सकहरु आइसोलेट



बुटवल । बुटवलको सुख्खानगर स्थित तिनाउ ईन्टरनेशनल अस्पतालमा अप्रेशन सकिए लगत्तै बिरामीको कारोना पुष्टि भएपछि अस्पतालको ३ वटा वार्ड सिल गरेर चिकित्सक सहित स्वास्थ्यकर्मीहरु आइसोलेट भएका छन् ।

बुटवल मिलनचोकका एक जना बिरामीको एपेन्डिक्सको अप्रेशन गरे लगत्तैे कोरोना पुष्टि भएको रिपोर्ट आएपछि चिकित्सक सहित स्वास्थ्यकर्मी आइसोलेसनमा बसेर अस्पतालको प्रमुख वार्डहरु सिल गरिएको होे ।

एपेन्डिक्स फुट्ने अवस्थामा पुगेका कारण पीसीआर रिपोर्टको प्रतिक्षा नगरि शल्यक्रिया थालिएकोमा बिरामीको शल्यक्रिया सकिए लगत्तै कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ । ‘शल्यक्रिया लगत्तै कोरोना पुष्टि भयो, चिकित्सक सहित स्वास्थ्यकर्मीलाई क्वारेन्टिनमा बसालेर ओटी र पोष्ट ओटी सिल गरेका छौं ।’ अस्पतालका अध्यक्ष चिरन्जिबी जोशीले भने ।

बिरामीको अवस्था सामान्य रहेको र अस्पतालको ओटी, पोष्ट अप्रेशन र आपिडी सेवा बन्द गरिएको अध्यक्ष जोशीले बताए । उनले ३ जना चिकित्सक सहित १२ जना स्वास्थ्यकर्मीलाई क्वारेन्टिनमा राखिएको बताए ।

तिनाउ ईन्टरनेशनल अस्पताल प्रदेश ५ को एक मात्र न्युरो अस्पताल भएको अस्पतालले दाबी गर्दै आएको छ ।

प्रकाशित मिति : ४ भदौ २०७७, बिहिबार  ८ : ४८ बजे

गण्डकी प्रदेशमा गाँजा खेती गर्ने बाटो खुल्ला, प्रदेशसभाबाट गाँजाखेतीसम्बन्धी विधेयक पारित

पोखरा । गण्डकी प्रदेशसभाको आजको बैठकले औषधिजन्य तथा औद्योगिक प्रयोजनका

मुख्यसचिव सुमनराज अर्यालको बिदाइ, गोविन्दबहादुर कार्कीले सम्हाले जिम्मेवारी

काठमाडौं । सेवानिवृत्त हुन लागेका मुख्यसचिव सुमनराज अर्यालको बिदाइ तथा

टेलिकमको बिलिङ ठेक्का भ्रष्टाचार मुद्दामा आरोपित सबै १८ जनाले पाए सफाइ

काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणालीको वार्षिक मर्मतसम्भार

‘गौँथली’को चर्चा चुलियो, ट्रेलर युट्युबको ट्रेन्डिङ नम्बर १ मा

काठमाडौं। प्रदर्शन मिति नजिकिँदै जाँदा नेपाली चलचित्र ‘गौँथली’को अहिले चर्चाको

वैकल्पिक व्यवस्था नगरी होल्डिङ सेन्टरबाट सुकुम्बासी हटाउनु मानवअधिकार विपरीत : आयोग

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले काठमाडौंको बागमती किनारलगायत विभिन्न स्थानबाट