१ आश्विन २०८३, बिहिबार | September 17, 2026

कोरोना जित्ने ८८ वर्षीया वृद्धाको कहानी, – ‘ बाँचिएला जस्तो लागेको थिएन, पुनर्जीवन पाएकी छु’



पोखरा ।  “कोरोना लागि सकेपछि बाँचौँला जस्तो लागेको थिएन, तर निको भएर घर फर्किँदा निकै खुसी छु ।”

यो भनाइ कोरोना सङ्क्रमण भई उपचार पश्चात निको भएर घर फर्केकी पोखरा महानगरपालिका–१९ लामाचौरकी ८८ वर्षीया देवीकुमारी गुरुङको हो ।

कोरोना सङ्क्रमण भई पोखरा–३१ मोहोरियास्थित प्रदेश सङ्क्रमण तथा सरुवा रोग अस्पतालमा गत साउन २६ गते भर्ना भएकी गुरुङ साउन ३२ गते आइतबार निको भएर घर फर्केकी थिइन ।

“बूढेसकालको शरीर कोरोना जस्तो डर लाग्दो रोग लागेपछि घर फर्कने आश मारेकी थिएँ”, उनले भनिन “अस्पतालका नानीबाबुको माया एवं व्यवहारले आत्मविश्वास बढ्यो र रोगलाई जितेर अहिले पुनर्जीवन पाएजस्तो लागेको छ ।”

गुरुङले भनिन, “आत्मविश्वास बढाए कोरोना रोग लाग्दैमा डराउनुपर्ने रहेनछ ।”

कोरोना सङ्क्रमण देखिएर अस्पताल जाँदा राम्रो व्यवहार नपाउने हो कि भनेर डरलागेको उनले बताइन् । एक हप्ता अस्पतालमा उपचार गर्दा राम्रो सुविधा पाएको उनले बताइन् ।

प्रदेश सरकारले सञ्चालन गरेको कोरोना विशेष अस्पतालबाट पहिलो पटक गुरुङसहित १० सङ्क्रमित निको भएर घर फर्किएका थिए ।

अस्पतालका कार्यवाहक मेडिकल सुपरिटेन्डेन्ट डा. त्रिभुवन भण्डारीका अनुसार साविक लायन्स सामुदायिक अस्पतालबाट गण्डकी प्रदेश सङ्क्रमण तथा सरुवा रोगमा परिणत भएको अस्पतालमा हाल २६ सङ्क्रमितको उपचार भइरहेको छ ।

“अस्पतालमा हाल ३४ आइसोलेसन कक्ष छन्”, डा. भण्डारीले भने, “बिरामीको आवश्यकता एवं सरकारको नीति नियमअनुसारनै सेवा प्रदान गरेका छौँ । अस्पतालमा ३४ स्वास्थ्यकर्मीले सेवा प्रदान गर्दै आएका छन् ।”

गण्डकी स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माका अनुसार प्रदेशका विभिन्न अस्पतालमा हाल २०९ जनाको आइसोलेसनमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : ५ भदौ २०७७, शुक्रबार  १ : १८ बजे

बेनी–जोमसोम सडक : पहिरो प्रभावित क्षेत्रमा स्तरोन्नति तीब्र

म्याग्दी । चीन र भारत जोड्ने कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडकको

अठार दिनपछि कृष्णभिरको सडकमा दुईतर्फी यातायात सेवा सञ्चालन

चितवन । अठार दिनपछि पृथ्वी राजमार्गमा यातायात सेवा आजविहानदेखि पुनःसञ्चालनमा

बाँकेबाट लागूऔषधसहित पक्राउ

नेपालगन्ज । प्रहरीले बाँकेका दुई अलग–अलग स्थानबाट ६३ दशमलव ८९

आजको मौसम : देशभर मनसुनी वायुको प्रभाव जारी रहने

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको