२७ कार्तिक २०८२, बिहिबार | November 13, 2025

एकजना संक्रमित पत्ता लगाउँदा १ लाख ४ हजार ६३० रुपैयाँ लाग्ने, हालसम्म पीसीआर परीक्षणमा ३ अर्ब १८ करोड सकियो



काठमाडौं । सरकारले हालसम्म पीसीआर टेष्ट गर्दा ३ अर्ब १८ करोड ९४ लाख ४४ हजार ५०० रुपैयाँ खर्च भएको जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमका अनुसार हालसम्म ५ लाख ७९ हजार ८९९ पीसीआर परीक्षण भएको छ ।

एउटा पीसीआर परीक्षण गर्दा सरकारको ५ हजार ५०० रुपैयाँ खर्च हुन्छ । हालसम्म देशभर ३० हजार ४८३ जना संक्रमित भेटिएका छन् ।

अर्थात, एक जना संक्रमितको खोजी गर्दा १ लाख ४ हजार ६३० रुपैयाँ खर्च भैरहेको छ ।

एक जना कोरोना संक्रमित खोज्दा नै यतिधेरै रकम खर्चिनु परेपछि झन भयावह अवस्था आउदाँ राज्यको रकम कति खर्च होला ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गौतम आग्रह गर्छन्, घरबाहिर ननिस्कि कोरोना संक्रमित हुनबाट आफु जोगिँदा राज्यको पनि १ लाख ४ हजार ६३० रुपैयाँ जोगाउन सकिन्छ ।’

प्रवक्ता गौतम भन्छन्, ‘ल्याब टेस्ट गर्दा मात्र यति धेरै रकम खर्च भएको छ । पीपीई लगायतका अन्य अत्यावश्यक स्वास्थ्य सामाग्रीको त यसमा हिसाब नै गरिएको छैन ।’

संक्रमित बिरामीलाई आईसीयूमा ३० दिनसम्म राख्नुपर्दा एक जनालाई ४ लाख ५० हजार न्यूनतम खर्च गर्नुपर्ने पनि उनले बताए ।

यो त भयो दृश्यमा आएको खर्च । स्वास्थ्य सामाग्री खरिदमा गरिएको अनियमितताबारे सर्वसाधारण जनतासमेत यसअघि नै जानकार छन् ।

प्रकाशित मिति : ५ भदौ २०७७, शुक्रबार  ४ : ५३ बजे

कांग्रेस नेता दीपक खड्का जोडिएको स्काउटको जग्गामा महानगरले चलायो डोजर

काठमाडौं । काठमाडौं महानगरपालिकाले लैनचौरस्थित नेपाल स्काउटको जग्गामा बनेका पूर्व

जेनजी आन्दोलन : तोडफोड र आगजनीको अभियोगमा पाँच जना पक्राउ

बागमती । जेनजी आन्दोलनका क्रममा हेटौँडामा तोडफोड र आगजनीमा संलग्न

उपराष्ट्रपति यादव कोरियाको राष्ट्रिय दिवस स्वागत समारोहमा सहभागी

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादव गणतन्त्र कोरियाको राष्ट्रिय दिवसका अवसरमा

धार्मिक आस्थाको केन्द्र हडियाबाबा आश्रम

राँझा । नेपालगञ्ज उपमहानगरपालिका-६ फुल्टेक्रास्थित श्री १००८ हडियाबाबा आश्रम धार्मिक

‘सुम्निमा’ मा नवअभिनेत्री सोल गुरुङ

काठमाडौं । निर्देशक मिलन चाम्सको नयाँ चलचित्र ‘सुम्निमा’ मार्फत नवअभिनेत्री