१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

एकजना संक्रमित पत्ता लगाउँदा १ लाख ४ हजार ६३० रुपैयाँ लाग्ने, हालसम्म पीसीआर परीक्षणमा ३ अर्ब १८ करोड सकियो



काठमाडौं । सरकारले हालसम्म पीसीआर टेष्ट गर्दा ३ अर्ब १८ करोड ९४ लाख ४४ हजार ५०० रुपैयाँ खर्च भएको जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमका अनुसार हालसम्म ५ लाख ७९ हजार ८९९ पीसीआर परीक्षण भएको छ ।

एउटा पीसीआर परीक्षण गर्दा सरकारको ५ हजार ५०० रुपैयाँ खर्च हुन्छ । हालसम्म देशभर ३० हजार ४८३ जना संक्रमित भेटिएका छन् ।

अर्थात, एक जना संक्रमितको खोजी गर्दा १ लाख ४ हजार ६३० रुपैयाँ खर्च भैरहेको छ ।

एक जना कोरोना संक्रमित खोज्दा नै यतिधेरै रकम खर्चिनु परेपछि झन भयावह अवस्था आउदाँ राज्यको रकम कति खर्च होला ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गौतम आग्रह गर्छन्, घरबाहिर ननिस्कि कोरोना संक्रमित हुनबाट आफु जोगिँदा राज्यको पनि १ लाख ४ हजार ६३० रुपैयाँ जोगाउन सकिन्छ ।’

प्रवक्ता गौतम भन्छन्, ‘ल्याब टेस्ट गर्दा मात्र यति धेरै रकम खर्च भएको छ । पीपीई लगायतका अन्य अत्यावश्यक स्वास्थ्य सामाग्रीको त यसमा हिसाब नै गरिएको छैन ।’

संक्रमित बिरामीलाई आईसीयूमा ३० दिनसम्म राख्नुपर्दा एक जनालाई ४ लाख ५० हजार न्यूनतम खर्च गर्नुपर्ने पनि उनले बताए ।

यो त भयो दृश्यमा आएको खर्च । स्वास्थ्य सामाग्री खरिदमा गरिएको अनियमितताबारे सर्वसाधारण जनतासमेत यसअघि नै जानकार छन् ।

प्रकाशित मिति : ५ भदौ २०७७, शुक्रबार  ४ : ५३ बजे

सुनसरीका संवेदनशील क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु, इनरुवा बजारसहित महेन्द्र राजमार्ग आसपास निषेध

काठमाडौं । सुनसरीको कप्तानगञ्ज घटनापछि उत्पन्न असहज परिस्थितिलाई मध्यनजर गर्दै

२७०० अंकमुनि झर्यो नेप्से परिसूचक, कारोबार रकम पनि घट्यो

काठमाडौँ, १२ साउन स् धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से

नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको मंगलबार उपचारका

एमबीएस प्रश्नपत्र आउट प्रकरण : थप दुई पक्राउ, पक्राउ पर्ने संख्या चार पुग्यो

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतको एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र

अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको मुग्लिन नजिकै सुक्खा पहिरो खसेपछि अवरुद्ध