४ पुस २०८२, शुक्रबार | December 20, 2025

बाँके प्रहरीको हिरासतका थुनुवामा कोरोना पुष्टि, पक्राउ गर्नजाने प्रहरी र सम्पर्कका केहि क्वारेन्टिनमा



नेपालगञ्ज । प्रहरीको अनुसन्धानकै क्रममा रहेका एक जना थुनुवालाई कोरोना संक्रमण पुष्टि भए पछि जिल्ला प्रहरी कार्यालय बाँकेमा खैलाबैला भएको छ ।

भेरी अस्पताल, नेपालगञ्जले शुत्रबार सार्वजानिक गरेको पीसीआर रिपोर्टमा जिल्ला प्रहरी कार्यालयमा रहेका थुनुवालाई कोरोना संक्रमण पुष्टि भएपछि थुनुवाको सम्पर्कमा आएका प्रहरी तथा अन्य थुनुवाको बिवरण लिन सुरु गरिएको छ ।

अस्पतालको पछिल्लो पीसीआर परीक्षणको रिपोर्टमा लागु औषध मुद्दामा अदालतबाट म्याद थप गरि हिरासतमा रहेका २४ वर्षीय थुनुवालाई कोरोना देखिएको हो ।

म्याद थपका लागि अदालत लैजानु अगाडी कोरोना परीक्षणका लागि स्वाव लिईएकोमा उनको रिपोर्ट पोजिटिभ आएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायव उपरिक्षक सुवास खड्काले बताए । उनले अदालत लैजाने क्रममा र उनलाई पक्राउ गरेर ल्याउने क्रममा सम्पर्कमा रहेका प्रहरी तथा अन्यको विवरण तयार गरि उनीहरुलाई क्वारेन्टिनमा बसालिएको जानकारी दिए । कोरोना पुष्टि भए पछि संक्रमितलाई कृषि तालिम केन्द्रको आइसोलेसनमा पठाईएको डीएसपी खड्काले बताए ।

खड्काका अनुसार बाँके प्रहरीले नयाँ थुनुवालाई पक्राउ गरेर ल्याए लगत्तैछुट्टै राख्ने र कोरोना जाँच गरेर नेगेटिभ आएपछि मात्रै संगोलमा मिसाउने गरेको छ । बाँके प्रहरीले अभियुक्तलाई समातेर ल्याइसकेपछि अदालत बुझाउने र अनुसन्धान गर्नुपर्ने भएकालाई पीसीआर रिपोर्ट नआउंदा सम्म छुट्टै राख्ने गरेको छ ।

बाँके प्रहरी प्रमुखकारुपमा प्रहरी उपरिक्षक ओमबहादुर रानाको बाँकेमा सरुवा भएसँगै बाँके प्रहरीले वर्षौ देखि फरार रहेका बिभिन्न कसुरमा सजाँए पाएका अभियुक्तहरुलाई पक्राउ गर्ने अभियान सुरु गरेको छ ।

प्रकाशित मिति : ५ भदौ २०७७, शुक्रबार  १० : १७ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको