७ बैशाख २०८३, सोमबार | April 20, 2026

बाँकेमा संक्रमितको तुलनामा डिस्चार्ज हुने संख्या बढी



नेपालगन्ज । स्थानीय प्रशासनले सेना परिचाल गर्दै निषेधाज्ञा कार्यान्वयन गरेयता बाँकेमा कोरोना संक्रमित थपिएको तुलनामा डिस्चार्ज हरनेको संख्या बढी देखिएको छ ।

निषेधाज्ञा हटाईएपनि प्रहरी प्रशासन र सामाजिक संस्थाहरुको निरन्तर निगरानी कारण बाँकेमा संक्रमित थपिने संख्याको तुलनामा संक्रमण मुक्त हुनेको संख्या बढ्दै गएको आंकलन गरिएको छ ।

शुक्रबार ५१ जनालाई आईसोलसन अवधि पुरा गराएर घर पठाएको स्थानीय प्रशासनले शनिबार बिहान थप २१ जनालाई कोरोना मुक्त घोषणा गर्दै घर पठाएको छ ।

शुक्रबारसम्म बाँकेदेखि बाहिरी जिल्लाका समेत गरी जिल्लामा ८११ जनालाई कोरोना संक्रमण देखिएकोमा ५ सय ६८ जना संक्रमणमुक्त भई डिस्चार्ज भईसकेका छन ।

शनिबार ८ जना महिला सहित १३ जना पुरुष कोरोना मुक्त भएर घर फर्कदैं गरेको स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका जानकारी दिए । संक्रमण पुष्टि भएपछि उनीहरुलाई गत साउन २४ गते आईसोलेशन सेन्टरमा भर्ना गरिएको थियो ।

आइसोलेशनमा राखिएको १४ दिनपछि कोरोनाको लक्षण नदेखिएका व्यक्तिहरुलाई डिस्चार्ज गर्न लागिएको श्रेष्ठले बताए ।

बाँकेका विभिन्न आईसोलेशन सेन्टरमा अझैं पनि २३५ जनाको उपचार भईरहेको छ ।

बाँकेमा ८०७ जनामा संक्रमण पुष्टि भएकोमा ४ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : ६ भदौ २०७७, शनिबार  ९ : ३७ बजे

आज अक्षय तृतीया पर्व मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षय

यी प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी स्थानीय वायुका साथै पूर्वी नेपालको

निवर्तमान कार्यबाहक सभापति खड्कासंग सभापति गगन थापाको भेटवार्ता

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पार्टीका नेता

बुटवलको भुवनेश्वरी मन्दिरमा भोलिदेखि श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ हुने

बुटवल । बुटवल उपमहानगरपालिका-४ भुवनेश्वरी मार्गस्थित श्री भुवनेश्वरी भगवती मन्दिरमा

खजुरा गोल्डकपको उपाधि नाईजेरियन जष्ट जोनलाई

खजुरा । बाँकेको खजुरामा सम्पन्न एमटी एरिना प्रथम खजुरा गोल्डकप