१२ जेष्ठ २०८३, मंगलबार | May 26, 2026

गण्डकी प्रदेशमा २४ जना कोरोना संक्रमित थपिए



कोभिड- १९ अपडेट मुख्य समाचार
गण्डकी प्रदेशमा थपिए २४ जना कोरोना संक्रमित
रासस ५ मिनेट पहिले

पोखरा । गण्डकी प्रदेशमा शनिबार थप २४ जनामा कोरोना सक्रमण पुष्टि भएको छ ।

कास्कीमा १६ नवलपुरमा तीन, तनहुँमा दुई, स्याङजाका दुई र बागलुङका एक जनामा कोरोना सङ्क्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए ।

प्रदेश क्षयरोग केन्द्र पोखरा, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा भएको परीक्षणमा २४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हो । योसँगै गण्डकी प्रदेशमा सङ्क्रमितको सङ्ख्या एक हजार ८६८ पुगेको छ ।

डा. शर्माका अनुसार गण्डकी प्रदेशमा अहिलेसम्म एक हजार ५९२ जना निको भएर घर फर्किएका छन् । अहिलेसम्म सात जनाको मृत्यु भएको छ ।

गण्डकी प्रदेशका नौ जिल्लाका अस्पतालका आइसोलेशनमा २६९ जना रहेका छन् । हाल आइसोलेशनमा सक्रिय रहेका २४७ केस छन् । क्वारेन्टिनमा एक हजार ८४ जना रहेका छन् ।

त्यसैगरी भारतबाट १२ हजार ९ सय १५ र तेस्रो मुलुकबाट ६ हजार १ सय ९८ गरी जम्मा १९ हजार १ सय १३ जना प्रदेश भित्रिएको तथ्याङ्क छ ।

प्रकाशित मिति : ६ भदौ २०७७, शनिबार  ३ : १७ बजे

प्रतिनिधिसभा बैठक पुनः सुरु

काठमाडौँ । विपक्षी दलहरुको विरोधका बीच प्रतिनिधिसभाको बैठक कार्यसूचीमा प्रवेश

लुम्बिनी प्रदेशसभाः नीति तथा कार्यक्रममाथि छलफल सुरु

लुम्बिनी । लुम्बिनी प्रदेशसभाको आज बसेको सातौँ बैठकमा आर्थिक वर्ष

रास्वपा सांसद खरेलको ‘तमासा’  अभिव्यक्ति हटाउन नेकपाको माग

काठमाडौं । प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद जगदीश

नेपाल राष्ट्र बैङ्क ऐन संशोधन विधेयक संसद्मा दर्ता

काठमाडौं । नेपाल राष्ट्र बैङ्कलाई थप स्वायत्त, उत्तरदायी र प्रविधिमैत्री

मुख्य न्यायाधिवक्ताहरूको राष्ट्रिय सम्मेलन धनगढीमा सुरु

सुदूरपश्चिम । ‘समन्वय, सहकार्य र कानुनको प्रभावकारी कार्यान्वयन–सबल मुख्य न्यायधिवक्ता,