२२ बैशाख २०८१, शनिबार | May 4, 2024

गण्डकी प्रदेशमा २४ जना कोरोना संक्रमित थपिए



कोभिड- १९ अपडेट मुख्य समाचार
गण्डकी प्रदेशमा थपिए २४ जना कोरोना संक्रमित
रासस ५ मिनेट पहिले

पोखरा । गण्डकी प्रदेशमा शनिबार थप २४ जनामा कोरोना सक्रमण पुष्टि भएको छ ।

कास्कीमा १६ नवलपुरमा तीन, तनहुँमा दुई, स्याङजाका दुई र बागलुङका एक जनामा कोरोना सङ्क्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए ।

प्रदेश क्षयरोग केन्द्र पोखरा, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा भएको परीक्षणमा २४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हो । योसँगै गण्डकी प्रदेशमा सङ्क्रमितको सङ्ख्या एक हजार ८६८ पुगेको छ ।

डा. शर्माका अनुसार गण्डकी प्रदेशमा अहिलेसम्म एक हजार ५९२ जना निको भएर घर फर्किएका छन् । अहिलेसम्म सात जनाको मृत्यु भएको छ ।

गण्डकी प्रदेशका नौ जिल्लाका अस्पतालका आइसोलेशनमा २६९ जना रहेका छन् । हाल आइसोलेशनमा सक्रिय रहेका २४७ केस छन् । क्वारेन्टिनमा एक हजार ८४ जना रहेका छन् ।

त्यसैगरी भारतबाट १२ हजार ९ सय १५ र तेस्रो मुलुकबाट ६ हजार १ सय ९८ गरी जम्मा १९ हजार १ सय १३ जना प्रदेश भित्रिएको तथ्याङ्क छ ।

प्रकाशित मिति : ६ भाद्र २०७७, शनिबार  ३ : १७ बजे

नेपाललाई पहिलो झड्का, १३ रन बनाएर आउट भए भुर्तेल

काठमाडौं । नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको अन्तिम टी-२०

वेस्ट इन्डिज ए ले नेपाललाई दियो १७३ रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए ले नेपाललाई १७३रनको लक्ष्य दिएको छ

प्रधानमन्त्रीद्वारा प्रथम बागमती प्रदेश अन्तरपालिकास्तरीय राष्ट्रिय भलिबल प्रतियोगिता उद्घाटन

ललितपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले महाँकाल गाउँपालिकालाई पर्यटकीय

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार

काठमाडौं । ‘आरबी कम्प्लेक्स’ र ‘पिपुल्स प्लाजा’ ले लामो समयदेखि

सूचना प्रवाहलाई प्रभावकारी बनाउन सरकार प्रतिबद्ध : सञ्चारमन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारी निकायका