१२ श्रावण २०८१, शनिबार | July 27, 2024

देशभर थपिए ६३४ नयाँ संक्रमित, काठमाडौं उपत्यकामा २१६ जना



काठमाडौं । शनिबार देशभर कोरोना भाइरसका ६३४ जना नयाँ संक्रमित थपिएका छन् ।

१२ हजार ५१९ नमुना पीसीआर परीक्षण गराउँदा ६३४ जना संक्रमित पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए । हालसम्म ५ लाख ९२ हजार ४१८ पीसीआर परीक्षण भैसकेको छ ।

६३४ संक्रमित मध्ये १८२ महिला र ४५२ पुरुष रहेका छन् ।

काठमाडौं उपत्यकामा २१६ जना संक्रमित थपिएका छन् । काठमाडौंमा १६० जना थपिएका छन् । ललितपुरमा ६ जना संक्रमित थपिएका छन् । भक्तपुरमा शनिबार सबैभन्दा धेरै ५० जना संक्रमित थपिएका छन् ।

सक्रिय संक्रमितको संख्या १२ हजार ६२१ रहेका छन् । संस्थागत आइसोलेसनमा ८ हजार ७०५ जना संक्रमित बसेका छन् । यस्तै, होम आइसोलेसनमा ३ हजार ९१६ जना संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा १३६ जना संक्रमण मुक्त भएर घर फर्किएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या १८ हजार ३५० पुगेको छ ।

देशभरका क्वारेन्टिनमा ११ हजार ६५८ जना रहेको गौतमले जनाए ।

प्रकाशित मिति : ६ भदौ २०७७, शनिबार  ४ : २३ बजे

चारवटा प्रदेशमा भारी वर्षा हुने

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह