७ आश्विन २०८३, बुधबार | September 23, 2026

देशभर थपिए ६३४ नयाँ संक्रमित, काठमाडौं उपत्यकामा २१६ जना



काठमाडौं । शनिबार देशभर कोरोना भाइरसका ६३४ जना नयाँ संक्रमित थपिएका छन् ।

१२ हजार ५१९ नमुना पीसीआर परीक्षण गराउँदा ६३४ जना संक्रमित पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए । हालसम्म ५ लाख ९२ हजार ४१८ पीसीआर परीक्षण भैसकेको छ ।

६३४ संक्रमित मध्ये १८२ महिला र ४५२ पुरुष रहेका छन् ।

काठमाडौं उपत्यकामा २१६ जना संक्रमित थपिएका छन् । काठमाडौंमा १६० जना थपिएका छन् । ललितपुरमा ६ जना संक्रमित थपिएका छन् । भक्तपुरमा शनिबार सबैभन्दा धेरै ५० जना संक्रमित थपिएका छन् ।

सक्रिय संक्रमितको संख्या १२ हजार ६२१ रहेका छन् । संस्थागत आइसोलेसनमा ८ हजार ७०५ जना संक्रमित बसेका छन् । यस्तै, होम आइसोलेसनमा ३ हजार ९१६ जना संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा १३६ जना संक्रमण मुक्त भएर घर फर्किएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या १८ हजार ३५० पुगेको छ ।

देशभरका क्वारेन्टिनमा ११ हजार ६५८ जना रहेको गौतमले जनाए ।

प्रकाशित मिति : ६ भदौ २०७७, शनिबार  ४ : २३ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११