२० बैशाख २०८१, बिहिबार | May 2, 2024

लकडाउनका कारण घरमै बस्न बाध्य युनिभर्सल कलेजका विद्यार्थीहरुबाट इ–बुलेटिन प्रकाशित



काठमाडौं । काठमाडौंको शान्तिनगरमा रहेको युनिभर्सल कलेज र न्यू समिट कलेजका विद्यार्थीहरुले शैक्षिक रचनात्मक कामको सुरुवात गरेका छन् ।

कोभिड–१९को सन्त्रासका कारण विगत ६ महिनादेखि घरमा नै बस्न बाध्य विद्यार्थीहरुले ‘द हार्भेष्ट’ नामक इ–बुलेटिन प्रकाशित गरेर आ–आफ्नो रचनात्मक क्षमताको प्रर्दशन गरेका हुन् ।

बीबीए र बीबीएमका विद्यार्थीहरुको पहलमा निकालिएको ‘द हार्भेष्ट’मा समाजमा कोरोना भाइरसले पारेको प्रभावको विषयलाई प्राथमिकताका समेटिएको छ ।

इ–बुलेटिनमा कलेजमा विद्यार्थीहरुको रचनामा समावेश गरिएको छ । जहाँ विद्यार्थीहरुले कोरोना भाइरसको महामारीले समाज व्यवस्था, शिक्षा, अर्थतन्त्र, स्वास्थ्य लगायतमा पारेको प्रभावको विषयलाई सुन्दर ढंगले समावेश गरिएका छन् ।

उनीहरुले लेख, निबन्ध, कथा, कविता, साहित्यमार्फत आफ्ना अनुभवहरु साटेका छन् ।विद्यार्थीहरुको रचनामा विचार, कल्पना, अनुभव, आकांक्षाको रचनात्मक उर्जा भेटिन्छ ।

घरमै बसिरहेका विद्यार्थीहरुलाई रचनात्मक क्रियाकलापमा सक्रिय बनाउन कलेजले प्रोत्साहन गरेको युनिभर्सल कलेजका एकेडेमिक डाइरेक्टर राजु टण्डनले बताए ।

कलेजको सहयोगमा निस्किएको यो इ बुलेटिनले विद्यार्थीहरुलाई अनलाइन प्लेटफर्ममा सक्रिय बनाउन सहयोग पुग्ने डाइरेक्टर टण्डनले विश्वास गरे ।

लकडाउनले देशका सबै शैक्षिक प्रतिष्ठानहरु बन्द भएको अवस्थामा प्रविधिको प्रयोग गर्दै डिजिटल शिक्षाको अभ्यास भैरहेको कलेजका प्राचार्य डा. शिवदत्त ज्ञवालीले बताएका छन् ।

इ–वुलेटिनलाई दिएको शुभकामना सन्देशमा ज्ञवालीले यस्तो अभ्यासले सबै खाले बाधा व्यवधानका बाबजुद आम विद्यार्थी र शिक्षकलाई शैक्षिक गति प्रदान गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन् ।

ज्ञवालीले इ–बुलेटिन प्रकाशित गर्ने आफ्ना विद्यार्थीहरुको प्रयासको सराहना समेत गरेका छन् । यो इ–बुलेटिन अब तीन तीन महिनामा प्रकाशित हुने जनाइएको छ ।

प्रकाशित मिति : ६ भाद्र २०७७, शनिबार  ९ : १२ बजे

बुटवलमा आजदेखि अन्डर यू-१४ टी-२० क्रिकेट प्रतियोगिता

बुटवल । बुटवलमा अन्डर यू-१४ टी-२० क्रिकेट प्रतियोगिता आजदेखि सुरु

पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता : चार पालिका विजयी

बुटवल । जिल्ला भलिबल संघ रुपन्देहीले आयोजना गरेको पालिकास्तरीय दोस्रो

प्रचण्ड गर्मीमा ‘गुइँठा’ बनाउँदै महोत्तरीका गृहिणी

महोत्तरी । अहिले वैशाखको तेस्रो सातामै महोत्तरीमा तापक्रम दैनिकजसो ४२

रामेछापमा जुनारको जुस बिक्री बढ्यो

रामेछाप । गर्मी बढेसँगै रामेछापमा जुनारको जुस बिक्री बढेको छ

गभर्नर जनरलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौं । क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले त्यहाँका गभर्नर