१७ माघ २०८२, शनिबार | January 31, 2026

थारु आयोग गठन व्यवस्थाले थारु समुदायप्रति सम्मान व्यक्त भएको छ : मुख्यमन्त्री पोखरेल



बुटवल । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले विभिन्न जातजाति र समुदायले मनाउने पर्व र संस्कृतिले मुलुकमा मेलमिलाप, भातृत्व र सद्भावको वातावरण बनेको बताएका छन् ।

थारु समुदायको महत्वपूर्ण पर्व अट्वारीको अवसरमा आज दिएको शुभकामना सन्देशमा मुख्यमन्त्री पोखरेलले बहुभाषिक र बहुजातीय मुलुक नेपालमा समुदाय विशेषका सांस्कृतिक उत्सव र पर्व अहिले सबैको साझा बन्दै गएको उल्लेख गरेका छन् ।

मुख्यमन्त्री पोखरेलले यी नै नेपाली समाजको विशेषता अरुका लागि पनि अनुकरणीय बनेको समेत बताएका हुन् ।

पोखरेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले थारु समुदायको उत्थान र विकासका लागि मार्गप्रशस्त गरेको यसका लागि नै संवैधानिक रुपमै थारु आयोगको गठन गर्ने व्यवस्था गरेर थारु समुदायप्रति सम्मान व्यक्त गरेको जनाएका छन् ।

मुख्यमन्त्री पोखरेलले विश्व महामारीको रुपमा आएको कोभिड—१९ विरुद्धको सङ्घर्षमा सम्पूर्ण केन्द्रित रहेको बेला राज्यले महामारीलाई नियन्त्रण गर्दै नागरिकको स्वास्थ्य सुरक्षाका लागि सम्वेदनशील हुँदै काम गरिरहेको स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डको पालना गरी चाडपर्व मनाउन अनुरोध गर्दै सिङ्गो समाजलाई कोरोना मुक्त गराउने अभियानमा सबैको सार्थक सहयोगको लागि अपिल समेत गरेका छन् ।

प्रदेश सरकारले थारु समुदायको महत्वपूर्ण पर्वको सम्मानमा दाङ, बाँके र बर्दियामा आज एक दिन समुदायगत सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

प्रकाशित मिति : ७ भदौ २०७७, आइतबार  १२ : ५० बजे

स्थानीय र प्रदेश निर्वाचनअघि कांग्रेसको १५ औँ महाधिवेशन हुन्छ : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी स्थानीय तह

म्याग्दीमा आठ सय ६१ जना निर्वाचन प्रहरी छनोट

म्याग्दी । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा ८६१ जना

बालेन साहको घरमा तोडफोड

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का वरिष्ठ नेता बालेन

सुविधा र रोजगारी खोज्दै पहाडबाट तराई झर्ने बढे

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा पछिल्ला वर्षहरूमा पहाडी जिल्लाबाट बसाइँ

बाँझो जमिन उपयोग गरेर फलाइयो तिते फापर

खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाले बाँझो जमिन उपयोगमा ल्याउँदै पहिलो पटक