३ मंसिर २०८२, बुधबार | November 19, 2025

नवलपरासी पश्चिममा एकैदिन २९ संक्रमित थपिए , पृथ्वीचन्द्र अस्पतालका ३ चिकित्सकलाई पनि कोरोना



बर्दघाट । जिल्लामा आइतबार एकै दिन पाँच स्वास्थ्यकर्मीसहित २९ जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का प्रमुख गौरव ढकालका अनुसार आइतबार प्राप्त प्रतिवेदनअनुसार थप २९ जनामा कोरोना पुष्टि भएको हो ।

तीमध्ये पाँच स्वास्थ्यकर्मी, एक जनप्रतिनिधि, केही पाल्हीनन्दन गाउँपालिकाका कर्मचारी र अन्य विभिन्न व्यक्ति छन् ।

परासीस्थित पृथ्वीचन्द्र अस्पताल परासीमा कार्यरत तीन चिकित्सकसहित चार स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि गर्भवतीबाहेकका अन्य सबै खाले बिरामीलाई सेवा बन्द गरिएको अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मोहम्मद नुरुल होदाले जानकारी दिए ।

यसैगरी पाल्हीनन्दन गाउँपालिकाका जनप्रतिनिधि, एक स्वास्थ्यकर्मी र केही कर्मचारीसहित २५ जना छन् ।

जिल्लामा कोरोना भाइससको संक्रमण बढ्दै गएपछि तत्कालै कन्टयाक ट्रेसिङलाई प्राथमिकता दिइने प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले जानकारी दिए।

जिल्लामा हालसम्म कोरोना संक्रमित १७२ पुगेका छन् ।

प्रकाशित मिति : ७ भदौ २०७७, आइतबार  २ : ५० बजे

‘मौरिस हर्जोग’ पदमार्गका अस्थायी पुलमा आलोपालो आवतजावत गर्नुपर्ने अवस्था

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण आधार शिविर

अन्तरराष्ट्रिय खगोल ओलम्पियाडमा नेपाली विद्यार्थीलाई कास्य पदक

काठमाडौं । अन्तरराष्ट्रिय खगोल ओलम्पियाडमा नेपाली विद्यार्थीले कास्य पदक हात

सुनचाँदीको मूल्य फेरि बढ्यो

काठमाडौं । अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको उतारचढावको असर स्थानीय

एमाले सचिवालय बैठक बस्दै

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक आज बैस्दैछ । अध्यक्ष

पाशुपत क्षेत्रमा शतबीज छरियो

काठमाडौं । मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन आज पितृमोक्षको कामनाका साथ