२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

नवलपरासी पश्चिममा एकैदिन २९ संक्रमित थपिए , पृथ्वीचन्द्र अस्पतालका ३ चिकित्सकलाई पनि कोरोना



बर्दघाट । जिल्लामा आइतबार एकै दिन पाँच स्वास्थ्यकर्मीसहित २९ जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का प्रमुख गौरव ढकालका अनुसार आइतबार प्राप्त प्रतिवेदनअनुसार थप २९ जनामा कोरोना पुष्टि भएको हो ।

तीमध्ये पाँच स्वास्थ्यकर्मी, एक जनप्रतिनिधि, केही पाल्हीनन्दन गाउँपालिकाका कर्मचारी र अन्य विभिन्न व्यक्ति छन् ।

परासीस्थित पृथ्वीचन्द्र अस्पताल परासीमा कार्यरत तीन चिकित्सकसहित चार स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि गर्भवतीबाहेकका अन्य सबै खाले बिरामीलाई सेवा बन्द गरिएको अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मोहम्मद नुरुल होदाले जानकारी दिए ।

यसैगरी पाल्हीनन्दन गाउँपालिकाका जनप्रतिनिधि, एक स्वास्थ्यकर्मी र केही कर्मचारीसहित २५ जना छन् ।

जिल्लामा कोरोना भाइससको संक्रमण बढ्दै गएपछि तत्कालै कन्टयाक ट्रेसिङलाई प्राथमिकता दिइने प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले जानकारी दिए।

जिल्लामा हालसम्म कोरोना संक्रमित १७२ पुगेका छन् ।

प्रकाशित मिति : ७ भदौ २०७७, आइतबार  २ : ५० बजे

वर्षासँगै घट्यो वायु प्रदूषण

काठमाडौं । केही दिनयता काठमाडौं उपत्यकालगायत मुख्य सहरमा वायु प्रदूषण

चितवन राष्ट्रिय निकुञ्जमा पोखरी निर्माण र मर्मत सुरु

चितवन । चितवन राष्ट्रिय निकुञ्जले आफ्नो क्षेत्रभित्र पोखरी निर्माण र

जेनजी आन्दोलनका क्रममा फरार दुई पक्राउ

काठमाडौं । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा फरार रहेका दुई

बञ्चरेडाँडामा स्थानीयको अवरोध, काठमाडौंको फोहोर विर्सर्जन पुनः ठप्प

काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर विसर्जनमा पुनः अवरोध आएको छ

प्रचण्डद्वारा ओलीका पिता मोहनप्रसादप्रति श्रद्धाञ्जली

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले