१० भदौ २०८३, बुधबार | August 26, 2026

बुटवलको कोरोना अस्पतालमा थप दुई जनाको मृत्यु, रुपन्देहीमा मृत्यु हुनेको संख्या ४ पुग्यो



बुटवल । बुटवलको कोरोना बिषेश अस्पतालमा उपचाररत २ जना कोरोना संक्रमितको आज मृत्यु भएको छ ।

साउन ३१ गते कोरोना पोजेटिभ पुष्टि भएपछि लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भएकी बुटवल वडा नम्बर १ की ६७ वर्षीया महिलाको आज मध्यान्ह १ बजे कोरोना बिषेश अस्पतालमा मृत्यु भएको प्रादेशिक अस्पतालले जनाएको छ ।

अस्पतालले जारी गरेको बिज्ञप्ति अनुसार आजै रुपन्देहीको सम्मरीमाई गाँउ पालिकाका ३८ वर्षीय पुरुषको पनि दिउँसो १ः१० बजे मृत्यु भएको उल्लेख गरिएको छ ।

भाद्र १ गते स्वास प्रश्वासमा समस्या आएपछि उनी अस्पताल पुगेका थिए । दुबैजनाको कोरोना अस्पतालमा भेन्टिलेटरमा उपचार भईरहेको थियो ।

मृतक महिला पहिले देखि नै स्वासप्रश्वासको समस्या तथा मृगौलाको बिरामी रहेको र मतक पुरुष कोरोनाको लक्षण पुष्टि हुने सास फेर्न अप्ठयारो भएपछि अस्पताल पुगेको अस्पतालले जनाएको छ ।

लक्षणका आधारमा पीसीआर परीक्षण गर्दा उनीको कोरोना पुष्टि भएको थियो ।

रुपन्देहीमा योसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या ४ पुगेको छ ।

प्रकाशित मिति : ७ भदौ २०७७, आइतबार  ३ : ५१ बजे

भारत सरकारले पठायो १० टन राहत सामग्री

काठमाडौँ । भारत सरकारले रसुवाका बाढी प्रभावितका लागि १० टन

सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडा्रैं । भोटेकोसी बाढीको क्षति, खोजी, उद्धार, राहत र पुनर्स्थापनाका

भोटेकोशी बाढी : ९५ जनको मृत्यु भएको पुष्टि, ठुलो संख्यामा सम्पर्क बिहिन

काठमाडौं । रसुवास्थित भोटेकोसीमा आएको बाढीमा परि ९५ जनाको मृत्यु

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले भोटेकोशी नदीमा आएको बाढीबाट

भोटेकोशी बाढी : ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ?

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर ४०३ पर्यटक सम्पर्कविहीन