१९ बैशाख २०८१, बुधबार | May 1, 2024

देशभर थपिए ८१८ नयाँ संक्रमित, सक्रिय संक्रमितको संख्या १३ हजार नाघ्यो



काठमाडौं । आइतबार कोरोना भाइरसका ८ सय १८नयाँ संक्रमित थपिएका छन् ।

८ हजार २६ पीसीआर परीक्षणमा ८ सय १८जना नयाँ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

काठमाडौं उपत्यकामा १ सय ६६ जना संक्रमित थपिएका छन् । काठमाडौंमा १ सय २६ जना ललितपुरमा १२ जना र भक्तपुरमा २८ जना संक्रमित थपिएको डा. गौतमले जानकारी दिए ।

जसमध्ये २ सय २० महिला र ५ सय ९८ जना पुरुष रहेका छन् ।

देशभर सक्रिय संक्रमितको संख्या १३ हजार १ सय ५५ रहेका छन् । जसमध्ये संस्थागत आइसोलेसनमा ९ हजार २१२ जना छन् । यस्तै, होम आइसोलेसनमा आइतबारसम्म ३ हजार ९ सय ४३ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा २ सय ८१ जना संक्रमित निको भएर घर फर्किएका छन् । हालसम्म १८ हजार ६ सय ३१ जना निको भएर घर फर्किएको डा. गौतमले बताए ।

देशभरका क्वारेन्टिनमा आइतबार ११ हजार ४ सय १४ जना रहेका छन् ।

हालसम्म ६ लाख ४ हजार ४४ पीसीआर परीक्षण भैसकेको छ ।

प्रकाशित मिति : ७ भाद्र २०७७, आइतबार  ४ : २६ बजे

नेपालगन्जका महिला पत्रकार श्रेष्ठ र मल्ललाई सञ्चारिका पत्रकारिता पुरस्कार

नेपालगन्ज । लामो समयदेखि पत्रकारितामा सक्रिय नेपालगन्जका २ महिला पत्रकार

धुम्म मौसमले पर्यटनमा असर

पोखरा । पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

नेपालगन्जमा ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले बरामद

नेपालगन्ज । बाँके प्रहरीले ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले

बुटवल उपमहानगर अन्तर्गतका बिद्यालयहरुमा २ दिन गर्मी बिदा

बुटवल । अत्याधिक गर्मी बढेको भन्दै बुटवल उपमहानगरले २ दिनका

बाँकेमा आगलागीबाट रु २५ लाख बराबरको क्षति

नेपालगन्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका–८ स्थित बालापुरमा आज भीषण आगलागी