१५ बैशाख २०८१, शनिबार | April 27, 2024

कोरोना विरुद्धका खोपको तेस्रो चरणको परीक्षण नेपालमा पनि गरिँदै



काठमाडौं । कोरोना भाइरस विरुद्ध निर्माण हुँदै गरेको खोपको परीक्षण (क्लिनिकल ट्रायल) नेपालमा पनि गरिने भएको छ ।

चीन, रुस र अक्सफोर्ड विश्वविद्यालय बेलायतबाट विकसित हुँदै गरेका कोरोना विरुद्धको खोपको परीक्षण गर्ने तयारी सुरु गरिएको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले जनाएको छ ।

तीन वटै देशले खोपको क्लिनिकल ट्रायल ट्रायलका लागि नेपालसँग छलफल सुरु गरेको परिषद्का सदस्यसचिव डा. प्रदीप ज्ञवालीले जानकारी दिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वीकृतिमा क्लिनिकल ट्रायलको लागि प्रक्रिया अघि बढाइएको सदस्यसचिव ज्ञवालीले जनाए । यससम्बन्धी विस्तृत जानकारी पछि दिने ज्ञवालीले बताएका छन् ।

तीनवटै देशले विभिन्न देशमा तेस्रो चरणको परीक्षण सुरु गरिसकेका छन् । तेस्रो चरणको परीक्षण ठूलो संख्यामा गरिन्छ ।

कोरोना विरुद्धको खोप बनाउनका लागि चीन, अमेरिका, बेलायत, रुस लगायतका विश्वका कैयौं मुलुकका वैज्ञानिहरु अहिले २४सै घण्टा खटिरहेका छन् । ती देशहरुले खोप बनाउनका लागि अर्बौ डलर खर्च गरिरहेका छन् ।

रुसले यसअघि नै कोरोना विरुद्धको स्पुतनिक ५ नामक खोपको व्यवसायिक उत्पादनका लागि अनुमति नै प्राप्त गरिसकेको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले खोपका लागि अनुमति दिएको बताउँदै आफ्नी छोरीले समेत खोप लगाएको बताएका थिए ।

प्रकाशित मिति : ७ भाद्र २०७७, आइतबार  ४ : ४४ बजे

ढकमक्क ज्याकाराण्डा

काठमाडौं । काठमाडौंको कमलपोखरी परिसर छेउमा ढकमक्क फुलेको ज्याकाराण्डा फूल

बझाङमा उत्साहपूर्वक मतदान हुँदै

बझाङ । बझाङ प्रदेशसभा निर्वाचन ९१ ० मा मतदाता उत्साहपूर्वक

आइपिएलमा कोलकोतामाथि पञ्जाबको कीर्तिमानी जित

काठमाडौं । भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति

शान्तिपूर्ण रूपमा इलाम-२ मा मतदान सुरु

इलाम । इलाम क्षेत्र-२ मा मतदान सुरु भएको छ ।

नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी-२० सिरिजको पहिलो खेल आज

काठमाडौं । नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी-२० सिरिजको