२५ असार २०८३, बिहिबार | July 9, 2026

कोरोना विरुद्धका खोपको तेस्रो चरणको परीक्षण नेपालमा पनि गरिँदै



काठमाडौं । कोरोना भाइरस विरुद्ध निर्माण हुँदै गरेको खोपको परीक्षण (क्लिनिकल ट्रायल) नेपालमा पनि गरिने भएको छ ।

चीन, रुस र अक्सफोर्ड विश्वविद्यालय बेलायतबाट विकसित हुँदै गरेका कोरोना विरुद्धको खोपको परीक्षण गर्ने तयारी सुरु गरिएको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले जनाएको छ ।

तीन वटै देशले खोपको क्लिनिकल ट्रायल ट्रायलका लागि नेपालसँग छलफल सुरु गरेको परिषद्का सदस्यसचिव डा. प्रदीप ज्ञवालीले जानकारी दिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वीकृतिमा क्लिनिकल ट्रायलको लागि प्रक्रिया अघि बढाइएको सदस्यसचिव ज्ञवालीले जनाए । यससम्बन्धी विस्तृत जानकारी पछि दिने ज्ञवालीले बताएका छन् ।

तीनवटै देशले विभिन्न देशमा तेस्रो चरणको परीक्षण सुरु गरिसकेका छन् । तेस्रो चरणको परीक्षण ठूलो संख्यामा गरिन्छ ।

कोरोना विरुद्धको खोप बनाउनका लागि चीन, अमेरिका, बेलायत, रुस लगायतका विश्वका कैयौं मुलुकका वैज्ञानिहरु अहिले २४सै घण्टा खटिरहेका छन् । ती देशहरुले खोप बनाउनका लागि अर्बौ डलर खर्च गरिरहेका छन् ।

रुसले यसअघि नै कोरोना विरुद्धको स्पुतनिक ५ नामक खोपको व्यवसायिक उत्पादनका लागि अनुमति नै प्राप्त गरिसकेको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले खोपका लागि अनुमति दिएको बताउँदै आफ्नी छोरीले समेत खोप लगाएको बताएका थिए ।

प्रकाशित मिति : ७ भदौ २०७७, आइतबार  ४ : ४४ बजे

टेलिकमको बिलिङ ठेक्का भ्रष्टाचार मुद्दामा आरोपित सबै १८ जनाले पाए सफाइ

काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणालीको वार्षिक मर्मतसम्भार

‘गौँथली’को चर्चा चुलियो, ट्रेलर युट्युबको ट्रेन्डिङ नम्बर १ मा

काठमाडौं। प्रदर्शन मिति नजिकिँदै जाँदा नेपाली चलचित्र ‘गौँथली’को अहिले चर्चाको

वैकल्पिक व्यवस्था नगरी होल्डिङ सेन्टरबाट सुकुम्बासी हटाउनु मानवअधिकार विपरीत : आयोग

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले काठमाडौंको बागमती किनारलगायत विभिन्न स्थानबाट

पहिलो क्वाटरफाइनल खेल आजवाट : फ्रान्स र मोरोक्को दोस्रो पटक विश्वकपमा भिड्दै

काठमाडौं ।  सन् २०२६ को फिफा विश्वकपको पहिलो क्वाटरफाइनल खेल

सार्वजनिक बिदामा पनि भुक्तानी प्रणाली सञ्चालन हुने

काठमाडौं । नेपाल राष्ट्र बैंकले असार २७ र २८ गतेको