२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

प्लाज्मा थेरापी गराएका धरानका कोरोना संक्रमितको वीपी प्रतिष्ठानमा मृत्यु



धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत धरानकै अर्का एक कोरोना संक्रमित व्यक्तिको मृत्यु भएको छ ।

धरान उपमहानगरपालिका ८ का ६८ वर्षीय संक्रमितको आइतबार साँझ मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रबक्ता डा. निदेश सापकोटाले दिएको जानकारी अनुसार उनमा अत्याधिक खोकी, स्वास फेर्न समस्या र ज्वरो आएको थियो । त्योसँगै उच्च रक्तचाप, मधुमेह पनि थियो ।

साउन २९ गते विजयपुर हस्पिटलमा उपचारको क्रममा उनको कोरोना पोजेटिभ रिपोर्ट आएको थियो ।

त्यसपछि, साउन ३० गते बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड १९ अस्पतालमा भर्ना भएका थिए ।

मृतक बीपी प्रतिष्ठानमा प्लाज्मा थेरापी विधिबाट उपचार गराउने पहिलो कोरोना संक्रमित हुन् ।

उनी धरानमा जग्गा तथा हार्डवेयर व्यापारी पनि हुन् ।

यससँगै धरानमा मात्रै मृत्यु हुनेको संख्या ३ पुगेको छ

प्रकाशित मिति : ७ भदौ २०७७, आइतबार  ८ : २३ बजे

वर्षासँगै घट्यो वायु प्रदूषण

काठमाडौं । केही दिनयता काठमाडौं उपत्यकालगायत मुख्य सहरमा वायु प्रदूषण

चितवन राष्ट्रिय निकुञ्जमा पोखरी निर्माण र मर्मत सुरु

चितवन । चितवन राष्ट्रिय निकुञ्जले आफ्नो क्षेत्रभित्र पोखरी निर्माण र

जेनजी आन्दोलनका क्रममा फरार दुई पक्राउ

काठमाडौं । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा फरार रहेका दुई

बञ्चरेडाँडामा स्थानीयको अवरोध, काठमाडौंको फोहोर विर्सर्जन पुनः ठप्प

काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर विसर्जनमा पुनः अवरोध आएको छ

प्रचण्डद्वारा ओलीका पिता मोहनप्रसादप्रति श्रद्धाञ्जली

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले