१७ फाल्गुन २०८२, आइतबार | March 1, 2026

बायर्न म्युनिखलाइ च्याम्सियन्स लिगको उपाधि



एजेन्सी । जर्मन क्लब बायर्न म्युनिखले फ्रेन्च क्लब पिएसजीलाई हराउँदै च्याम्सियन्स लिगको उपाधि उचालेको छ ।

च्याम्पियन्स लिग फुटबलको लिस्बोनमा आइतबार राति भएको फाइनलमा पिएसजीलाई १–० ले पराजित गरेर बार्यन म्युनिखले उपाधि उचालेको हो ।

छैटौँ पटक उपाधि उचाल्नका लागि ५९ औँ मिनेटमा किङ्गस्ली कोम्यानले गरेको गोल नै निर्णायक बन्यो।

पिएसजीबाट व्यवसायिक खेल जीवनको सुरुवाति गरी हाल जर्मन क्लबमा रहेका कोम्यानले उपाधि जित्ने आफ्नो पूर्व क्लबको सपना चकनाचुर पारी बार्यन म्युनिखलाई विजेता बनाएका हुन् ।

गएको नोभेम्बरमा सुरुमा अन्तरिम प्रशिक्षकका रुपमा जिम्मेवारीमा आएका बार्यनका प्रशिक्षक हान्सी फ्लीकका लागि आइतबारको रात उत्वस बनेर आयो ।

त्यस विपरित पिएसजी र दुई सुपरस्टार नेइमार तथा केलियन एमबाप्पेका लागि खराब रह्यो । उनीहरुले आफ्नो उत्कृष्ट खेल पस्किन सकेनन् ।

बार्यनका गोलरक्षक सामु उनीहरु कमजोर देखिए । पहिलो हाफमा केही राम्रा अवसर सिर्जना गरे पनि म्यान अफ दि म्याच भएका म्यानुएल नुएरले त्यसलाई रोके ।

प्रकाशित मिति : ८ भदौ २०७७, सोमबार  ६ : १५ बजे

चीनद्वारा इरानी सर्वोच्च नेता खामेनीको हत्याको निन्दा, सैन्य कारबाही तत्काल रोक्न आग्रह

बेइजिङ । अमेरिका र इजरायलले इरानमा गरेको आक्रमणमा इरानी सर्वोच्च

देशभरका छ हजार ७४३ वडामा दिइयो मतदाता शिक्षा

काठमाडौँ । आमनागरिकलाई मताधिकारको महत्त्व र मतदान प्रक्रियाबारे जानकारी दिने

अलपत्र नेपालीलाई सरकारले अलपत्र स्थान मै सुरक्षा दिएर राख्ने व्यवस्था मिलाउने

काठमाडौँ । सरकारले मध्यपूर्वका विभिन्न देशका विमानस्थलमा पुगेर अलपत्र परेका

कांग्रेस (बीपी) नेपाली कांग्रेसमा समाहित, गगनले गरे घोषणा

काठमाडौं । नेपाली कांग्रेस (बीपी) औपचारिक रूपमा नेपाली कांग्रेसमा समाहित

निर्वाचन आचारसंहिता उल्लङ्घन भइरहेकोप्रति आयोगलाई कांग्रेसको ध्यानाकर्षण

काठमाडौँ । नेपाली कांग्रेसले निर्वाचन आयोगसमक्ष विभिन्न दलले निर्वाचन आचारसंहिता,