२९ मंसिर २०८२, सोमबार | December 15, 2025

विराटनगरमा ६५ वर्षीय कोरोना संक्रमितको मृत्यु



विराटनगर । विराटनगर महानगरपालिकामा फेरि अर्का एक कोरोना संक्रमितको मृत्यु भएको छ । विराटनगर ८ का ६५ वर्षीय पुरुषको आइतबार राति मृत्यु भएको हो ।

मृतकको गत बिहीबार स्वाब संकलन गरिएको थियो । तर, हिजो आइतबार रिपोर्ट पोजेटिभ आएको थियो । कोरोना संक्रमण पुष्टि भएलगत्तै उनलाई कोशी अस्पतालको कोभिड १९ उपचार केन्द्रमा भर्ना गरिएको थियो । तर राति ११ बजे मृत्यु भएको हो ।

श्वासप्रश्वासमा गम्भीर समस्या भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।

मृतक पुरुष संक्रमितको कन्ट्याक ट्रेसिङमा परेका व्यक्ति हुन् । मृतकको परिवारमा थप तीन जना संक्रमित रहेका छन् ।

अहिले शव व्यवस्थापनको तयारी भैरहेको महानगरले जनाएको छ ।

योसँगै महानगरमा मात्रै कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १० पुगेको छ ।

विराटनगर महानगरमा मात्रै हालसम्ममा संक्रमितको संख्या ८ सय १३ पुगेको छ । जसमा १ सय ६७ जना निको भएर घर फर्किसकेका छन् ।

प्रकाशित मिति : ८ भदौ २०७७, सोमबार  ८ : १५ बजे

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष

एमालेमा मन र मत मिलाउने प्रयास

काठमाडौं । “अध्यक्ष कमरेड, पार्टीभित्र एकताका लागि सङ्ख्या होइन, मन

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार