२५ मंसिर २०८०, सोमबार | December 12, 2023

‘निकुञ्ज क्षेत्रमा चेपाङमाथिको घटना मानव गरिमाविरुद्ध घात’ शान्ति समाज



बुटवल । चितवन राष्ट्रिय निकुञ्जमा सेनाले दिएको यातना र मृत्यु प्रकरण राष्ट्रिय, अन्तर्राष्ट्रिय कानुनको उल्लंघन र मानव गरिमाविरुद्ध घात र अपराध भएको मानव अधिकार तथा शान्ति समाजले जनाएको छ ।

चितवन राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएका सैनिकको कुटपिटपछि मृत्यु भएका चितवन जिल्ला राप्ती नगरपालिका–२ का २४ वर्षीय राजकुमार चेपाङको परिवार, यातना पीडितहरु र सरोकारवालासँग भेटगरी मानव अधिकार तथा शान्ति समाज केन्द्रीय टोलीले अध्ययन अनुगमन गरेको प्रतिवेदनमा यस्तो ठहर गरिएको हो ।

गत साउन १ गते राप्ती नदीमा माछा मार्न गएका राजकुमार चेपाङलाई सेनाले चरम यातना दिएपछि भएको मृत्यु प्रकरणको शान्ति समाजको टोलीले साउन २४ गते घटनास्थल पुगेर अध्ययन अनुगमन गरेको समाजले जनाएको छ । आईतबार सो सम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै समाजले उक्त घटना राष्ट्रिय, अन्तर्राष्ट्रिय कानुनको उल्लंघन भएको उल्लेख गरेको हो ।

उक्त यातनाको घटनामा संलग्न सैनिक जवानलाई कानुन सम्मत कारवाही गर्दै सार्वजनिक गरी नेपाली सेना यातना विरुद्धको अन्तर्राष्ट्रिय महासन्धीको कार्यान्वयन गर्न र मानव अधिकारको उच्च सम्मान र संरक्षण गर्न प्रतिवद्ध रहेको सबैसामु विश्वस्त पार्नुपर्ने समाजले प्रष्ट पारेको छ । साथै राज्यले मृतक परिवारलाई यथेष्ट क्षतिपूर्ति र यातना पीडितहरुको स्वास्थ्य उपचारको सम्पूर्ण प्रवन्ध मिलाउनु पर्दछ,’ समाजद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

अति सीमान्तकृत चेपाङहरु माथि भएको अत्याचारको सिलसिला तत्काल बन्द गर्नुपर्ने र विपन्न चेपाङ जातीको उत्थानका लागि राज्यले ठोस रुपमा योजना लागु गर्नपर्ने भन्दै समाजले चितवनको माडी नगरपालिका कुसुमखोलामा रहेका सकुम्वासीहरुको घर आगजनी गरी बिचल्लीमा पारेको क्रुर घटनाको निन्दा र भत्र्सना गर्दै उनीहरुको बसोबासको उचित प्रवन्ध मिलाउन माग गरेको छ ।

अनुगमन टोलीले मृतकका परिवार, यातना पीडितहरु, स्थानीय जनप्रतिनिधि, सुरक्षा निकाय, स्थानीय प्रशासन तथा नागरिक समाजका ब्यक्तिहरुसँग छलफल गरेको थियो ।

मानव अधिकार तथा शान्ति सामाजका बरिष्ठ केन्द्रीय उपाध्यक्ष गोविन्द खनालको नेतृत्वमा गएको टोलीमा अधिकारकर्मीहरु केन्द्रीय सचिवद्वय श्यामसुन्दर पराजुली, बाबुहरि अचार्य, विभागीय संयोजक राजेन्द्र पौड्याल, सदस्य तोयनाथ ढुंगानाको सहभागिता रहेको समाजका वरिष्ठ उपसभापति गोविन्द खनालले जनाएका छन् ।

प्रकाशित मिति : ८ भाद्र २०७७, सोमबार  ८ : २३ बजे

ध्रुवे हात्तीलाई रेडियोकलर जडान

चितवन । चितवन राष्ट्रिय निकुञ्जले जङ्गली हात्ती ध्रुवेलाई रेडियोकलर जडान

रास्वपाले संसदीय दलको विधान पुनःसंरचना गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको विधान पुनःसंरचना

गणतन्त्रको विकल्प निरङ्कुशतन्त्र हुनै सक्दैन : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले थालनी गरेका जनपक्षीय

कुश्मा-नयाँ बुटवल दुई सय २० केभी प्रसारण लाइनको उद्घाटन

काठमाडौं । नवलपरासी, रुपन्देहीलगायत जिल्लामा सहज विद्युत् आपूर्तिका लागि महत्वपूर्ण

उद्योगी ब्यवसायीले पठाए प्रधानमन्त्री र गभर्नरलाई आन्दोलनको चेतावनी सहितको ज्ञापनपत्र

नेपालगन्ज । बैंक तथा बित्तीयसंस्थाहरुले ज्यादती गरेको भन्दै आन्दोलित भएका