२० मंसिर २०८२, शनिबार | December 6, 2025

बर्दियामा ४५ लाख बराबरको ओखर र छोहरा बरामद



बर्दिया । बर्दियामा प्रहरीले करिब ४५ लाख बराबरको ओखर र छोहरा बरामद गरेको छ । प्रहरीले राजापुर नगरपालिका –७ बाट तीन सय ९६ बोरा ओखर र ५९ बोरा छोहरासहित दुई जनालाई पक्राउ गरहेको हो ।

पक्राउ पर्नेमा बर्दिया राजापुर नगरपालिका –४ राजापुर बजार बस्ने ३२ वर्षीय जाबेद मनिहार र सोही ठाउँमा व्यापार गर्ने कञ्चनपुर कृष्णपुर नगरपालिका –४ घर भएका रमेश ढुङ्गाना रहेका छन् ।

उनीहरु ओखर र छोहरा नेपालबाट भन्सार छली चोरीनिकासी गरी भारततर्फ लैजाने तयारी गर्दै गर्दा पक्राउ परेका हुन् ।

उनीहरुबाट करिब ४४ लाख ६९ हजार ९ सय ९० रुपैयाँ बराबरको सामान फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक योगेन्द्रकुमार खड्काले बताए ।

पक्राउ परेको सामानसहित मनिहार र ढुङ्गानालाई आवश्यक कारवाहीका लागि राजापुर भन्सार कार्यालयमा पठाइएको सुचना अधिकारी खड्काले बताए ।

प्रकाशित मिति : ८ भदौ २०७७, सोमबार  ८ : ३० बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय