१० चैत्र २०८१, आइतबार | March 24, 2025

पर्सा प्रहरीको क्राइम ब्राञ्चबाट ९ किलो चरेस र १ किलो गाँजाको धुलोसहित दुई व्यक्ति पक्राउ



वीरगन्ज । अवैध लागुऔषध चरेश र गाँजाको धुलोसहित दुई जनालाई जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको क्राइम टोलीले पर्साको पटेर्वा सुगौली गाउपालिका वडानं ५ मनिअर्वा स्कुलको सडकबाट लागुऔषध र तस्करीको सामानसहित दुई जना तस्करलाई पक्राउ गरेको हो ।

विशेष सुचनाको आधारमा गएको प्रहरीको टोलीले चेकजाँच गर्दा वडा नं ५ देउरिया बस्ने बर्ष ४५ को रामचन्द्र राय थारुको साथबाट साढे ४ किलो चरेस र आधा किलो गाँजाको धुलो बरामद गरेको छ ।

यसैगरी उनकै साथमा रहेका ५० वर्षीय जनार्दन ओझइया थारुको साथबाट सोही परिणामको चरेस र गाँजा बरामद गरेको पर्सा प्रहरीको क्राइम ब्राञ्च प्रम्ख रवीभुषण यादवले बताएका छन् ।

उनीहरुको साथबाट बी आर २२ ए जी नम्वरको भारतीय मोटरसाइकलमा सवार रहेका दुवै जनालाई पर्सा प्रहरीको हिरासतमा राखि अनुसन्धान सुरु गरिएको छ ।

पछिल्लो दिनमा पर्साका एसपी गंगा पन्त र क्राईम टोलीका प्रहरी निरीक्षक रविभुषण यादवको सक्रियतामा धमाधम एकपछि अर्को अबैध लागू औषध र तस्करीको समान बरामद भैरहेको छ ।

लकडाउन र निषेधाज्ञाको मौका छोपी तस्करहरुले पर्साको विभिन्न नाकाबाट अवैध समान र लागू औषध नेपालबाट भारत र भारतबाट नेपाल ल्याउने लैजाने गरेका छन् ।

प्रकाशित मिति : ११ भदौ २०७७, बिहिबार  ३ : १६ बजे

नेपाल र चीनका पर्यटन व्यवसायीबीच ‘व्यवसायिक साझेदारी बैठक’

सिचुवान । पोखरा र चीनको सिचुवान प्रान्तको छोङछिङ नगरका पर्यटन

स्थानीयतहको विज्ञापन स्थानीय सञ्चार माध्यमलाई उपलब्ध गराउन पत्रकार महासंघकको आग्रह

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाले स्थानीय विज्ञापन स्थानीय

डाँफे कप फुटबल : भिलेज होप डुडुवा विजयी

खजुरा । बाँकेको खजुरामा जारी १० औं डाँफे कप नकआउट

सङ्घीय लोकतान्त्रिक गणतन्त्रप्रति दृढ रहने कांग्रेस कार्यसम्पादन समितिको निर्णय

काठमाडौँ । नेपाली कांग्रेसले नेपालको संविधान र संविधानमा आधारित सङ्घीय