२२ भदौ २०८३, सोमबार | September 7, 2026

ब्वाइज होस्टलबाट लुटिएको प्रहरी सामाग्री बरामद, वार्डेन पक्राउ



काठमाडौं । काठमाडौंको एक होस्टेलबाट प्रहरीले जेन जी आन्दोलनका क्रममा प्रहरीबाट लुटिएको केही सामाग्री बरामद गरेको छ । आइतबार दिउँसो प्रहरीले काठमाडौं महानगरपालिका-३२ सुविधानगरमा रहोके सम्पदा ब्वाइज होस्टलको बी ब्लकबाट प्रहरीको हत्कडी, बडी प्रोटेक्टर, लौरो बरामद गरेको हो । होस्टलमा प्रहरीले आइतबार स्वीप अपरेसन गरेको थियो ।

होस्टेलमा प्रहरीको सरसामान भेटिएपछि होस्टल वार्डेन २४ वर्षीय गोविन्दकुमार ठाकुरलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान अघि बढाइएको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीका एआईजी दानबहादुर कार्कीले बताए । अप्रेशनका क्रममा होस्टलको ए ब्लकबाट हत्कडीसहितका सामान बरामद भएको प्रहरीले जनाएको छ ।

उक्त होस्टलबाट दुई थान हत्कडी, एपीएफको बडी प्रोटेक्टर, हार्ड डिस्क र प्रहरीको लौरो बरामद गरेको एआईजी कार्कीले बताए ।

प्रकाशित मिति : १० कार्तिक २०८२, सोमबार  १२ : २८ बजे

भोटेकोशी बाढीका मृतकको सम्मानमा राष्ट्रिय झण्डा आधा झुकाइयो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

निजी अस्पतालको नवीकरण अवधि ५ वर्ष बनाउन माग

बुटवल । लुम्बिनी प्रदेशका निजी अस्पताल सञ्चालकहरूले अस्पताल नवीकरणको वर्तमान

आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुनसक्ने

काठमाडौं । आज देशभर साधारणतया बदली रहने मौसम पूर्वानुमान गरिएको

ताप्लेजुङमा ‘ट्याक्टर’ दुर्घटनापछि खोलाले बगाउँदा दुई जना बेपत्ता

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका-३ दोभान बजारस्थित मैवाखोलामा ट्याक्टर दुर्घटना

भेनियर उत्पादनसँगै स्थानीय रोजगारी बढाउँदै सुनौलो प्लाइ उद्योग

सुनसरी । घरको काम मिलाएर उद्योग आउँछु । कहिलेकाहीँ ११