२५ मंसिर २०८२, बिहिबार | December 11, 2025

आयल निगम अमलेखगन्ज डिपोका ९ कर्मचारीसहित ५३ जनामा कोरोना संक्रमण पुष्टि



वीरगन्ज । नेपाल आयल निगम अमलेखगन्ज डिपो र वीरगन्ज भन्सार कार्यालयका कर्मचारीसहित ५३ जनामा कोरोना पुष्टि भएको छ ।

नारायणी अस्पतालको प्रयोगशालामा आइतबार राति पीसीआर परीक्षणमा सात महिलासहित ५३ जनामा कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ ।

आइतबार राति ३ सय ५ जनाको स्वाब परक्षिण गर्दा आयल निगमका ९ कर्मचारी र वीरगन्ज भन्सारका एक जना कर्मचारीसहित पर्सा र बाराका बासिन्दामा कोरोना संक्रमण पुष्टि भएको हो ।

जसमध्ये सात जना महिला र ४६ जना पुरुष रहेका छन् । दुई वर्षदेखि ७२ वर्ष उमेर समुहका लाई कोरोना पुष्टि भएको अस्पताल स्रोतले बताएको छ । संक्रमितमधये १९ जना बारा रहेका छन् ।

अमलेखगन्जमा कन्ट्याक्ट ट्रेसिङको क्रममा ८१ जनाको स्वाब संकलन गरिएको थियो । जसमध्ये १६ जनामा संक्रमण पुष्टि भएको छ । सोही १६ जनामध्ये ९ जना आयल निगमका कर्मचारीहरु हुन । बाँकी ट्याकर चालक र स्थानीय बासिन्दा समेत छन् ।

यस्तै, वीरगन्ज महानगरपालिका भिस्वाका १५ जनामा संक्रमण पुष्टि भएको छ भने पर्साको पर्सागढीका १४ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रकाशित मिति : ८ भदौ २०७७, सोमबार  १ : ३९ बजे

प्रधानमन्त्रीसमक्ष जेनजी आन्दोलनको क्षतिसम्बन्धी प्रतिवेदन पेस

काठमाडौँ । जेनजी आन्दोलनमा भएको क्षतिको मूल्याङ्कन तथा सार्वजनिक संरचनाको

चुनाव हुन्छ, सही र सक्षम नेतृत्व छनोट गरौं : मन्त्री घिसिङ

वीरगन्ज । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात

मैनाबगर अटोभिलेजमा बृहत सरसफाई

बुटवल । बुटवल अटो इञ्जिनियरिङ एशोसिएसन, रुपन्देही लुम्बिनीले अटो भिलेज

नेपाली कम्युनिष्ट पार्टीप्रति जनताको आकर्षण देखियो : माधव नेपाल

नेपालगन्ज । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले जेनजी पुस्ताको