६ जेष्ठ २०८१, आइतबार | May 19, 2024

काँग्रेस महामन्त्री कोइरालाको दाबी, –‘सभापतिमा देउवालाई पराजित गर्न सक्ने व्यक्ति म मात्रै छु’



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले आगामी निर्वाचनमा शेरबहादुर देउवालाई सभापति पदमा पराजित गर्ने दाबी गरेका छन् ।

महामन्त्री कोइरालाले देउवालाई सभापतिमा पराजित गर्न सक्ने व्यक्ति आफु मात्रै भएको दाबी गरेका हुन । कोइरालाले नेता रामचन्द्र पौडेलले सभापतिमा देउवालाई पराजित गर्न नसक्ने जिकिर गरे ।

निजी क्षेत्रको एक समाचार एजेन्सीसँग कुरा गर्दै कोइरालाले १४ औं महाधिवेशनमा आफू सभापतिको उम्मेदवार भए मात्रै देउवा पराजित हुने उनले बताए।

उनले पार्टी सभापतिका लागि अरु नेताहरुको दावी रहेपनि सभापति देउवालाई पराजित गर्ने ग्यारेण्टीका साथ आफु सभापतिमा उठ्ने बताए ।

उनले भने, ‘मैले धेरैसँग परामर्श गर्दै छु। उनीहरु तपाई नै उठ्नुपर्‍यो भन्नुहुन्छ। तर मैले धेरै साथीहरुका दावी छ भन्छु। रामचन्द्र दाई, सिटौला जी हुनुहुन्छ। प्रकाशमान छन् धेरे छन् सबै उठेर त भएन नी। हाम्रो लक्ष्य के हुुनुपर्‍यो। हामी सबै मिलेर एक जना उठ्नुपर्‍यो। त्यसका लागि आपसमा वार्ता हुनुपर्‍यो। वर्तापछि हामी एक ठाउँमा पुग्न सकियो भने हुन्छ। व्यक्तिगत हिसाबले भन्नुहुन्छ भने शेरबहादुर जीलाई हराउने कोही व्यक्ति छ भने त्यो म नै हुँ। रामचन्द्र दाईले पनि सक्नुहुन्न। अरु जो पनि कसैले पनि सक्दैन यो ग्यारेण्टीका साथ भन्न चाहान्छु म बाहेक शेरबहादुरजीलाई हराउने व्यक्ति छैन।’

महाधिवेशन नजिकिँदै गर्दा सभापति देउवाले क्रियाशित सदस्यता वितरण, विभाग गठन लगायतका काम विधान विपरित गरिरहेको भन्दै महामन्त्री कोइरालाले असन्तुष्टि समेत जनाएका छन्।

सभापति देउवाले पार्टीका विभागहरु गठन गरिरहेकोप्रति इतरपक्षले विरोध जनाउँदा पनि नसुन्ने गरेको कोइरालाको भनाइ छ । पार्टीभित्र जतिसुकै विरोध गर्दापनि सभापतिले कुरा नसुन्ने गरेको उल्लेख गर्दै उनले यसको जवाफ महाधिवेशनबाट दिनुपर्ने उनले धारणा राखे ।

महामन्त्री कोइरालाले भने, ‘उहाँले मनोमानी गर्नुभयो। सभापतिले गरेका कामहरुको विरोध त गरिसकेका छौँ। उहाँ कुरा सुन्नुहुन्न महाधिवेशन आउँछ त्यसमा निर्णय गर्नुप-यो। किन की अरु विकल्प छैन। पार्टीमा सबैभन्दा शक्तिशाली व्यक्ति भनेको सभापति हो तर उहाँको निर्णय गर्न सक्ने क्षमतामा प्रश्न आयो। अहिले विभाग गठन भइरहेको छ। यो ९ महिनामा विभाग गठन गरेर के गर्नुहुन्छ ? उहाँले मान्छे आकर्षित गर्नका लागि विभाग गठन गर्नुभयो भोटका लागि। भोलि महाधिवेशन आउँदैछ त्यसमा आकर्षित गर्नका लागि विभाग बनाउनुभयो। विभागको संख्या दिनप्रतिदिन बढाउँदै हुनुहुन्छ। मनपरी गर्दै हुनुहुन्छ। भेटेरपनि भनेका छौँ। अहिले नबनाउनुस, अहिले बनाएर के गर्न सक्नुहुन्छ, ९ महिनामा विभागले के गर्न सक्छ भनेर भन्दा पनि मान्नु भएन।’

उनले थप भनेका छन्, ‘आफ्ना कुरा राख्न बाहेक अरु केही गर्न सकिँदैन। भोक हड्ताल गर्ने हो भने अवस्था खतरापूर्ण आउन सक्छ। सबैभन्दा पहिले अधिवेशन गर्ने हो की होइन ? समयमा गर्ने हो भने पहिले जिल्ला अधिवेशन गर्नुपर्‍यो। जिल्लाका सबै एकाइको हुनुपर्‍यो। क्रियाशित वितरण सहि किसिमले गर्नुपर्‍यो। धेरै जिल्लामा समस्या छ। समस्याहरुलाई पार्टीले निर्देशन दिएर अगाडी बढ्नुपर्‍यो क्रियाशलि दिने त वार्डले हो। १०÷१० लाख क्रियाशिल बनाउदा गाइजात्रा हुने डर छ। नसोधेर सबैलाई केन्द्रीय सदस्यमा घुसाउनु भएको छ। क्रियाशिल दिनुभएको छ। आउनेहरु क्रियाशिल हुन की होइनन भनेर पनि पुष्टि गर्नुपर्‍यो।’

महाधिवेशनका लागि पार्टीमा गुट उपगुट हुनु स्वभाविक भएपनि त्यसपछि पनि गुटकै आधारमा पार्टी सञ्चालन गर्न खोज्नु सभापति देउवाको कमजोरी भएको कोइरालाको भनाइ छ। आफू सभापतिमा निर्वाचित भएपछि सबैभन्दा पहिले पार्टीलाई एकजुट बनाएर अगाडि बढाउने दाबी कोइरालाले गरे।

उनले भने, ‘पार्टीलाई एक बनाउने अहिले धेरै गुट उपगुट छन् महाधिवेशनका लागि हुनु स्वभाविक हो। तर महाधिवेशन सकिने वित्तिकै पार्टीलाई एक बनाउनुपर्‍यो। जुन शेरबहादुरजीले सक्नु भएन। आजको मितिमा मेरो मान्छे र तेरो मान्छे भन्नुहुन्छ।’

तोकिएकै मिति फाुगन ७ गते महाधिवेशन सम्पन्न भएमात्रै आगमी निर्वाचनमा पार्टीलाई सहि स्थानामा ल्याउन सकिने उनले बताए। कुनै अप्रिय घटना नघटे महाधिवेशन तोकिएकै मितिमा हुनुपर्ने उल्लेख गर्दै सभापति कोइरालाले स्थानीय चुनावको तयारीका लागि समेत समय राखेर महाधिवेशन सम्पन्न गर्नुपर्ने बताए।

अहिलेको सरकारबाट लोकतन्त्र खतरामा रहेको कोइरालाले बताए। सरकारले पटक पटक संविधान र ऐन कानून विपरित काम गरिरहेको उनको आरोप छ। देश संघीय संरचनामा गएपछि कम्युनिष्ट सरकारले संघीयतालाई खतरामा पार्ने गरी काम गरिरहेको उनले आरोप लगाए। लोकतन्त्रलाई जोगाउन भएपनि अहिले डेमोक्र्याटिक अलाइन्सका आवश्यकता रहेको पनि कोइरालाले बताए।

उनले भने, ‘लोकतन्त्र स्थापित नहुदाँसम्म अलाइन्स गर्नुपर्छ। डेमेक्रेसी अहिलेपनि खतरामा छ। कम्युनिष्टहरु डेमेक्रेसीमा विश्वास गर्दैनन, संसदीय व्यवस्थामा उनीहरु विश्वास गर्दैनन त्यसलाई दृष्टिगत गरेर मैले अलाइन्सको कुरा गरेको हो।’

प्रकाशित मिति : ८ भाद्र २०७७, सोमबार  ३ : ५४ बजे

दाङमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु

दाङ । दाङमा पौडी खेल्ने क्रममा डुबेर एक व्यक्तिको मृत्यु

आज रातीबाट दोस्रो पटक नेपालगन्ज नाका सिल

नेपालगन्ज । स्थानीय प्रशासनले आज रातीबाट नेपाल भारत सीमाको बाँके

एमाले बाँके नवौं अधिवेशन : अध्यक्षमा तीन जनाको उम्मेदारी, निर्वाचन आइतबार बिहानै

नेपालगन्ज । बाँकेमा जारी नेकपा एमालेको नवौं जिल्ला अधिवेशनमा सर्व

संसदीय छानबिन समिति गठन गर्न दलहरु सहमत

काठमाडौं । सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दल संसद्को गतिरोध

भरतपुरमा सन्तानब्बे वर्षीयाको स्तन क्यान्सरको सफल शल्यक्रिया

चितवन । चितवनमा ९७ वर्षीया वृद्धाको स्तन क्यान्सरको सफल शल्यक्रिया