५ पुस २०८२, शनिबार | December 20, 2025

आईतबार संक्रमण पुष्टि, सोमबार मृत्यु; धरानमा सिरहाका २२ वर्षे युवाको गयो ज्यान



धरान । धरानको बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक जना युवाको कोरोना पुष्टि भएकै अर्को दिन मृत्यु भएको छ । बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अस्पतालमा उपचाररत २२ वर्षे युवाको आईतबार कोरोना पुष्टि भएको र सोमबार मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।

सिराहको मलाहाना गाउँपालिका वडा २ गोविन्दपुरका ती युवामा आइतवार कोरोना संक्रमण पुष्टि भएको थियो।

श्वासप्रश्वासमा समस्या, अत्याधिक खोकी र ज्वरो देखिएपछि उनलाई प्रतिष्ठानमा भर्ना गरिएको थियो। संक्रमित युवाको सोमबार ३ बजे मृत्यु भएको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रवक्ता डा निदेश सापकोटाले जानकारी दिएका छन्।

युवा मुटु रोगीसमेत रहेको अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित मिति : ८ भदौ २०७७, सोमबार  ४ : ३९ बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता