७ आश्विन २०८३, बुधबार | September 23, 2026

स्वास्थ्य मन्त्रालयको तथ्याङ्क : कोरोनाबाट देशभर १५७ जनाको मृत्यु, २४ घण्टामा ८ जनाको निधन



काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट हालसम्म १५७ जनाको निधन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयमा आयोजित नियमित कोरोना ब्रिफिङमा प्रवक्ता प्राडा. जागेश्वर गौतमले १५७ जनाको मृत्यु भएको रिपोर्ट सार्वजनिक गरेका हुन् ।

गौतमका अनुसार पछिल्लो २४ घण्टामा ८ जना संक्रमितको मृत्यु भएको अपडेट गरिएको छ । जसमध्ये तीन जना महिला र ५ जना पुरुष रहेका छन् ।

रुपन्देहीमा मात्रै ३८, ५३ र ५४ वर्षका तीन जना पुरुषको मृत्यु भएको प्रवक्ता गौतमले बताए ।

यस्तै, सुनसरीमा ६८ वर्षीय पुरुष, मोरङमा ६५ वर्षीय पुरुष, पर्सामा ७० वर्षीय महिला, काठमाडौंमा ४८ वर्षीय महिला र रुपन्देहीमा ६७ वर्षीय महिलाको मृत्यु भएको गौतमले जानकारी दिए ।

प्रकाशित मिति : ८ भदौ २०७७, सोमबार  ४ : ४४ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई