१६ चैत्र २०८२, सोमबार | March 30, 2026

नेपालमै पहिलो पटक रगत संकलन गर्ने एम्बुलेन्स सञ्चालन



पोखरा । पोखरामा रक्तदान गर्न इच्छुकको घरमै पुगेर रगत सङ्कलन गर्ने एम्बुलेन्स सञ्चालनमा आएको छ । कुनै विशेष कार्यक्रम आयोजना गरेर रक्तदान गर्ने परिपाटी अन्त्य गर्दै नेपाल रेडक्रस सोसाइटी कास्कीले जुनसुकै बेला रक्तदान गर्ने इच्छुकका लागि एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको हो ।

कोही रक्तदान गर्न इच्छुक भए रेडक्रसमा फोन गर्नासाथ एम्बुलेन्समा रक्तदानका लागि आवश्यक सामग्री तथा स्वास्थ्यकर्मीको टोली घरमै पुग्ने व्यवस्था गरिएको नेपाल रेडक्रस सोसाइटी कास्कीले जनाएको छ ।

गत चैत ६ गतेदेखि सञ्चालनमा आएको एम्बुलेन्सले हरेक महिनामा ७५० देखि आठ सय युनिटसम्म रगत सङ्कलन गर्ने गरेको रेडक्रस कास्कीका मन्त्री धर्मराज अधिकारीले जानकारी दिए ।

रगत सङ्कलन गर्न सहरी क्षेत्र मात्रै नभएर ग्रामीण क्षेत्र र अन्य जिल्लामा समेत पुगेको उनले बताए । उक्त एम्बुलेन्समा एकै पटकमा चार जनाले रक्तदान गर्न मिल्ने व्यवस्था मिलाइएको रेडक्रस सोसाइटी कास्कीका सदस्य सन्तोष अधिकारीले बताए ।

कोरोना भाइरस विरुद्धको बन्दाबन्दी र निषेधाज्ञाको अवस्थामा रक्तदान कार्यक्रम आयोजना हुन नसक्दा रक्तसञ्चार केन्द्रमा आगामी दुई/तीन दिनलाई पुग्नेबाहेक रगत नरहेको र केही दिनमा रगत अभाव हुने देखिएकाले दुई वा दुईभन्दा बढी व्यक्तिले रक्तदान गर्न चाहेमा सम्बन्धित व्यक्ति रहेकै ठाउँमा रक्त सङ्कलन एम्बुलेन्स पुग्ने गरेको मन्त्री अधिकारीले बताए । उक्त समाचार आजको गोरखापत्र दैनिकमा एकराज गिरीले लेखेका छन् ।

प्रकाशित मिति : ९ भदौ २०७७, मंगलबार  ७ : ३४ बजे

मङ्गलबार हावाहुरीसहित भारी वर्षाको सम्भावना

काठमाडौं । देशका विभिन्न भागमा मङ्गलबार मेघगर्जन, चट्याङ र हावाहुरीसहित

प्रि-मनसुन : चैते धानलाई अनुकूल

काठमाडौं । देशका अधिकांश स्थानमा केही दिनयता निरन्तर रूपमा परेको

पुनः श्रम स्वीकृतिमा ‘क्यू फ्री’ व्यवस्था, आवेदन दिएकै दिन स्वीकृति पाइने

काठमाडौं । पुनः श्रम स्वीकृतिका लागि आवेदन दिएकै दिन कोटा

मुस्ताङको लेते-धम्पु पुल निर्माणमा ढिलासुस्ती

मुस्ताङ । मुस्ताङस्थित थासाङ गाउँपालिकामा निर्माणाधीन (लेते–धम्पु) प्रिस्टेज पुल निर्माण

पक्राउ परेका पूर्वऊर्जामन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं । सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका पूर्वऊर्जामन्त्री दीपक खड्कालाई